पृथ्बी राजमार्गमा निर्माण कार्य जारी, वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध
तनहुँ। पृथ्वी राजमार्ग पोखराको विजयपुरखोलामा निर्माणाधीन पुलमा ‘ग्रीडर लन्चिङ’ कार्य सुरू भएसँगै मुग्लिन–पोखरा खण्ड शनिबार देखि मङ्सिर ११ गतेसम्म दैनिक चार घण्टा बन्द गरिएको छ ।
मुख्य यातायात मार्ग भएकाले बिहान ६ देखि ८ र दिउँसो १२ देखि २ बजेसम्म पूर्ण तथा आंशिक रूपमा सवारी आवागमन रोकिँदा वैकल्पिक मार्ग प्रयोग गर्न योजना कार्यालयले आग्रह गरेको छ ।
योजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार अवस्था हेरी प्रत्येक ३० मिनेटमा लाइन लागेको ट्राफिक खुलाउन पनि मिल्ने व्यवस्था गरिएको छ ।
दुई पाङ्ग्रे तथा साना सवारीका लागि बुढीबजार–बेलचौतारा–चाउथे हुँदै आवतजावत खुला गरिएको छ भने ठूला सवारीले लेखनाथको पावर हाउस चोक–बागमारा–बिरौट मार्ग प्रयोग गर्नुपर्नेछ ।
सङ्घीय राजधानी काठमाडौँ र पर्यटकीय गन्तव्य पोखरालाई जोड्ने यो प्रमुख राजमार्ग अहिले मुग्लिन–पोखरा सडक योजना अन्तर्गत तीव्र गतिमा स्तरोन्नति हुँदैछ ।
स्तरोन्नति कार्यसँगै सडकमै सकारात्मक परिवर्तन देखिन थालेको छ । पोखरा–जामुने (पश्चिम) खण्डमा विस्तार र कालोपत्रे काम उल्लेख्य प्रगति गरेको छ ।
३८ किमि लामो यस खण्डमध्ये ३७ किमि एकतर्फी कालोपत्र पूरा भइसकेपछि स्थानीयवासी, व्यापारी तथा दैनिक यात्रुहरूले यात्रा सहज र सुरक्षित बन्दै गएको अनुभूति गरिरहेका छन् ।
शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले धेरै भागमा कालोपत्र सकिएपछि यातायात निर्बाध र सहज भएको बताउनुभयो ।आयोजनाको इन्जिनियर सहनशीला कायस्थका अनुसार समग्र भौतिक प्रगति करिब ५९.८९ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४७.८० प्रतिशतमा पुगेको छ।
हालसम्म २९.६१ किमि चार लेन र ७.७९ किमि दुई लेन कालोपत्र सम्पन्न भइसकेको छ । तीमध्ये १८.८ किमि दुई लेन सडकमा दोस्रो तहको ‘अल्फाट’ तह पूरा गरिएको छ। यसैगरी सर्भिस लेनमा ३.०४ किमि कालोपत्र सकिएको छ ।
चालु आर्थिक वर्षमै १४ किमि कालोपत्रे कार्य सम्पन्न हुँदा यातायात सुगमता झनै बढेको छ । योजनाअन्तर्गत कल्भर्ट र पुल निर्माण पनि समानान्तर रूपमा अघि बढेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




