नेत्रहीन महिला विश्वकप क्रिकेट ; फाइनलमा आज नेपाल र भारत भिड्दै
काठमाडौं। नेत्रहीन महिला टी २० विश्वकपको फाइनल प्रतिस्पर्धा आज हुँदैछ। भारत र श्रीलंकामा जारी प्रतियोगिताको फाइनलमा नेपाल र भारत भिड्दैछन्। नेपाल र भारतको फाइनल खेल आइतबार बिहान १० बजे श्रीलंकाको कोलम्बोस्थित सारा क्रिकेट मैदानमा सुरु हुँदैछ।
पाकिस्तानलाई ७ विकेटले हराउँदै नेपाल फाइनल पुगेको हो। दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको पाकिस्तानले १७० रनको लक्ष्य दिएको थियो। पाकिस्तानले २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १६९ रन बनाएको हो। जवाफी ब्याटिङ गरेको नेपालले १७ ओभरको समाप्तिमा तीन विकेट गुमाएर १७१ रन बनाउँदै फाइनल पुगेको हो।
पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ९ विकेटले हराउँदै भारत फाइनल पुगेको हो। सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको ११० रनको लक्ष्य भारतले ११ ओभर ५ बलमा ११२ रन बनाउँदै भेट्टाएको थियो। नेत्रहीन विश्वकप क्रिकेट पहिलो पटक भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेका हुन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




