दक्षिण अफ्रिकालाई ३.४९ मिलियन अमेरिकी डलरको एचआईभी रोकथाम सहयोग गर्ने चीनको घोषणा
दक्षिण अफ्रिकामा एचआईभी/एड्ससँग जुध्न, चीनले चीन ग्लोवल डेभलपमेन्ट एण्ड साउथ–साउथ कोअपरेसन कोषमार्फत ३.४९ मिलियन अमेरिकी डलरको दुई वर्षे कोष प्रतिवद्धता घोषणा गरेको छ । युएनएआइडिएसद्वारा समन्वय गरिएको यो सम्झौता बिहीवार दक्षिण अफ्रिकाको प्रशासनिक राजधानी प्रिटोरियामा रहेको चिनियाँ दुतावासमा एक समारोहको क्रममा अनावरण गरिएको थियो । यसले दक्षिण अफ्रिकाको एचआईभीरएड्स विरुद्धको लडाईलाई, विशेष गरी युवाहरूमाझ, बलियो बनाउने अपेक्षा गरिएको छ ।
दक्षिण अफ्रिकाका लागि चिनियाँ राजदूत वू पेङले यो परियोजना विश्वव्यापी विकास पहल कार्यान्वयन गर्न र संयुक्त रूपमा सबैका लागि स्वास्थ्यको विश्वव्यापी समुदाय निर्माण गर्न एक ठोस कार्य भएको बताउनुभयो।
दक्षिण अफ्रिकामा लगभग ८० लाख मानिसहरू एचआईभीसँग लडिरहेका छन् । लगभग ६० लाख एन्टिरेट्रोभाइरल उपचारमा छन् । नयाँ संक्रमणहरू रोक्न काम गरिरहेको छ । विशेष गरी किशोरकिशोरीहरू र १५ देखि २४ वर्ष उमेरका युवाहरू जस्ता प्रमुख जनसंख्यामा जो एचआईभी सङ्क्रमणको उच्च जोखिममा छन् । कोष कटौतीको कारण एचआईभी/एड्स विरुद्धको लडाईमा गरिएको लगानीको स्वागत गरिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




