अर्थ

चिसो बढेसँगै हिटर, गिजरसहितका तातो वस्तुहरुको किनमेल बढ्यो

काठमाडौँ। राजधानी मात्र नभई देशभर यतिबेला जाडो बढ्न थालेको छ। राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका छन्। बजारमा तातोका लागि न्यानो कपडा किन्ने त पुरानै चलन हो तर बदलिँदो समय र भित्रिँदो आधुनिकतासँगै विद्युतीय सामाग्रीमा पनि मानिसहरुको आकर्षण बढेको छ।

दिनानुदिन बढ्दै गएको चिसो मौसमका कारण काठमाडौंमा हिटर, गिजर अनि एसी लगायतका विद्युतीय सामग्रीको व्यापार बढेको ब्यापारीहरु बताउँछन्। कात्तिकको अन्त्यदेखि नै बढेको हिटर, गिजरको व्यापार यो समयसम्म आइपुग्दा तिब्र हुन थालेको व्यवसायीहरूको भनाई छ। जाडो शुरु भएकोले अझै हिटर, एसी र गिजर लगायतका विद्युतीय सामाग्रीको ब्यापारमा वृद्धि हुने व्यापारीहरु बताउँछन्। कोटेश्वरमा पसल गर्दै आएका सन्तोष बरालले हिटर, तातोपानीका धाराहरु धेरै विक्री गरिरहेको बताउनुभयो।

व्यवसायी बरालले भन्नुभयो–‘हिटर, तोतोपानीका धारासहित जाडोमा प्रयोग हुने वस्तुहरु बिकिरहेका छन्, पहिलेको जस्तो सोचेअनुसार त व्यापार छैन्, तर पनि सिजनअनुसारको जाडोको समानहरुको बिक्दैछ। सबै प्रोडक्टमा प्राइजको स्टीकर लगाएर आउने गरेको छ। पहिला त्यस्तो थिएन। मनपरी व्यापारीले लिनुपर्ने अवस्था थियो। अहिले त्यस्तो छैन्। कम्पनीले यकिन गरेको हुन्छ। अहिले बजारको रेट फिक्स जस्तै छ। कस्टोमर ठगिने त्यस्तो गुनासो छैन।’

काठमाडौं विद्युतीय व्यवसायी संघका अध्यक्ष मिलन सिवाकोटी अहिले नेपाली बजारमा दर्जनौं नाम तथा ब्राण्डका हिटरहरु भित्रिएको बताउनुहुन्छ।
अध्यक्ष सिवाकोटीले भन्नुभयो,‘नाम र कम्पनी अनुसार मुल्य पनि फरक फरक छ। उपभोक्ताले पनि जाडोमा न्याना सामग्री खरिद गर्दा त्यसको ग्यारेन्टी, वारेन्टी, ब्रान्ड, तथा फिचरका बारेमा आधिकारीक डिलर, व्यवसायीमार्फत जानकारी दिएर किन्नुपर्छ।’

उहाँकाअनुसार अघिल्लो बर्षको तुलनामा यस वर्षको जाडोमा ५० प्रतिशत सम्मको व्यापार बढ्नसक्ने अनुमान छ । उहाँका अनुसार आधुनिक प्रविधियुक्त हिटरको व्यापार बढेपछि पुराना मोडल तथा प्रविधिमार्फत कोठा तताउने र न्यानो रहने चलनमा परिवर्तन आएको छ।

अहिले बजारमा ग्यास तथा विजुलीबाट चलाउन मिल्ने हाइब्रिड किसिमका विभिन्न डिजाइनका हिटरहरु पाइन्छ भने खुला स्थानमा प्रयोग गर्न सकिने गार्डेन हिटर तथा तातो हावा फाल्ने फ्रयान हिटर समेत बजारमा उपलब्ध रहेको छ। अहिले बजारमा ७ सयदेखि हजारौं मूल्य सम्मपर्ने हिटरहरु उपलब्ध छन्। नेपाली बजारमा भित्रिएका हिटरहरु धेरैजसो छिमेकी मुलुक चीन र भारतबाट आउने गर्दछ भने केही मात्रामा युरोपियन मुलुकहरुबाट समेत आयात भइरहेको छ। (न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...