राजनीति

फुट्यो अशोक राई नेतृत्वको जसपा, राजेन्द्र पक्षले नेकपासँग एकता गर्ने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकताका लागि वार्ता गरिरहेको दल जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राई एकतामा नजाने हुनुभएको छ।

उहाँ एकताका लागि तयार नभएपछि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ जना नेताहरूले नेकपामा समाहित हुने घोषणा गर्नुभएको हो। उहाँहरु सबै जसपाको केन्द्रीय कार्यकारिणी सदस्य हुनुहुन्छ।

त्यस्तै रणध्वज लिम्बु (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणि देवान, डा. पुष्पराज राजकर्णिकार र कृष्णबहादुर घजु रहनुभएको छ।

नेकपामा समाहित हुने निर्णय गरेका श्रेष्ठले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बसाल्न अध्यक्ष अशोक राई इच्छुक नदेखिएपछि आफूूहरुले अलग बाटो रोजेको बताउनुभएको हो।

‘उहाँले बैठक बस्न रुचि नदेखाएपछि हामीले आत्म निर्णय गरेर एकतामा जाने निर्णय गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘केन्द्रीय सदस्यदेखि तलैसम्म ठूलो समूह हामीसँगै एकतामा जान्छ।’

श्रेष्ठले पछिल्लो पटक केन्द्रीय कार्यकारिणीको बैठक बस्दा १३ जना उपस्थित भएको र त्यसमध्य आधा आफूहरुसँगै जान तयार रहेको बताउनुभयो।

 

 

सम्बन्धित समाचार

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...