राजनीति

प्रगतिशिल लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्मा ५ जना, बाबुराम र जनार्दन बाहिरै

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्‌मा पाँच जना नेता छानिनुभएको छ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वगृहमन्त्री जनार्दन शर्मा भने परिषद्‌मा नरहने हुनुभएको हो। उहाँहरू दुवै जना पार्टीको संरक्षक रहने बताइएको छ।

दुर्गा सोब डा. भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)की संयोजक हुनुुभयो।

जेनजी आन्दोलनपछि आफू कार्यकारी भूमिकामा नबस्ने भन्दै डा. भट्टराईले सोबलाई नेतृत्व हस्तान्तरण गर्नुभएको थियो ।

अध्यक्ष परिषद्‌मा रहेका सदस्यहरूको वरीयता समान रहनेछ भने चक्रीय प्रणालीका आधारमा बैठकको अध्यक्षता गर्ने नेताहरूले बताउनुभएको छ।

उक्त पार्टीमा १५१ सदस्यीय केन्द्रीय समिति रहने बताइएको छ।

 

 

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...