समाचार

प्राध्यापकहरुको लापरवाहीका कारण एसईई र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुन्छः मन्त्री पुन

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरुको लापरवाहीका कारण माध्यमिक शिक्षा परिक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताउनुभएको छ ।

आईतवार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२ औँ वार्शिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताउनुभएको हो । चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उहाँले यसको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो । मन्त्री पुनले विश्वविद्यालयहरुबीच सम्बन्धन दिनमा मात्रै केन्द्रीत हुँदा शिक्षाको गुणस्तरु खस्कदै गएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एसईई र कक्षा १२ मा जम्मा ४, ५ लाख विद्यार्थी मात्र हुन्छन् । तर पनि नतिजा निकाल्नको लागि ८,९ महिना लाग्छ । यस्तो हुनुमा प्राध्यापकहरुको लापरबाही देखिन्छ । यस्ता कुराहरुको समाधान गर्नैपर्छ । मन्त्रालयको पुँजीगत बजेटको एक प्रतिशत बजेट विश्वविद्यालयहरुका लागि आओस् भन्नको लागि हामी त्यसमा काम गरिरहेका छौं । अहिले विश्वविद्यालयहरुको ध्यान सम्बन्धन दिनेमा मात्र हुन्छ । विश्वविद्यालयहरुमा कसले धेरै सम्बन्धन दिने भन्ने कुरामा प्रतिष्पर्धा गरेको जस्तो अवस्था छ । तर विद्यार्थी संख्या विस्तारै घट्दै गएको अवस्था छ ।’

उहाँले खोज र अनुसन्धानात्मक शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

आमाको नामबाट तीन हजारले लिए नागरिकता

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित

काठमाडौँ। ‘जेन–जी’ आन्दोलनको सत्यता बाहिर ल्याउनुपर्ने माग गर्दै त्रि–चन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई दबाब...

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु

काठमाडौँ। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका–४ मुडिकुवास्थित कुश्मा–फलेवास सडकस्थित कालीगण्डकी किनारमा जीप दुर्र्घटना हुँदा चालक सज्जन परियारको मृत्यु भएको छ।...

सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिटीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा। झापास्थित कचनकवल गाउँपालिका–४ मा सवारीसाधन (सिटी)को ठक्करबाट मोटरसाइकल चालक ५० वर्षीय शुकदेव गणेश मृत्यु भएको छ। जिल्ला प्रहरी...