राजनीति

जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्यो : प्रदीप ज्ञवाली

काठमाडौं। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पछिल्लो समय जेन–जीको नाममा देशमा अस्थिरता र अराजकता बढ्दै गएको बताउनुभएको छ ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत गठन गरिएको जनपरिचालन समितिको पहिलो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले देशमा अराजकता फैलाउने गतिविधिलाई सरकारले नै संरक्षण र प्रश्रय दिइरहेको बताउनुभयो।

अराजकतावादलाई प्रश्रय दिने गतिविधि खतरा बन्दै गएको बताउँदै उहाँले यस्तो प्रवृत्तिको संगठित प्रतिरोध गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले देशको समृद्धिको मार्गमा अवरोध सिर्जना गर्न देश–विदेशका केही शक्ति सक्रिय रहेको बताउनुभयो । ती सबै खालका शक्तिलाई परास्त गर्नु आजको आवश्यकता भएको उहाँले स्पष्ट पार्नुभयो ।

यसलाई रोक्न जनपरिचालनबाट मात्र सम्भव हुने बताउँदै उहाँले नेपालको राजनीतिक इतिहासमा जनपरिचालनको क्षेत्रमा एमाले अग्रणी शक्ति भएको दाबी गर्नुभयो । प्रत्येक महाधिवेशनदेखि प्रतिगमनविरुद्धको सङ्घर्षसम्म एमालेको जनपरिचालन निर्णायक रूपमा प्रभावशाली रहँदै आएको ज्ञवालीको भनाइ छ ।

बैठकमा एमाले वाग्मती प्रदेश इञ्चार्ज तथा जनपरिचालनका सचिव राजन भट्टराईले यस पटकको एमालेको ११औँ महाधिवेशनमा ऐतिहासिक रूपमा सबैभन्दा ठुलो जनपरिचालन हुने दाबी गर्नुभयो । यसको लागि आवश्यक तयारी सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...