दीपेन्द्रको चमत्कारिक बलिङले सुदूपश्चिमको तेस्रो जित, कर्णालीको दोस्रो हार
काठमाडौँ । कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएलमा) मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको रोमाञ्चक जित हात पार्यो ।
जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अङ्क बनाएको छ । सुदूरपश्चिम जारी लिगमा अपराजित रहने दोस्रो टोली हो । विराटनगर किङ्सले पनि लगातार तीन खेल जित्दै ६ अङ्क बनाएको छ । तीन खेलमा दोस्रो हार खेपेको कर्णालीको दुई अङ्क छ ।
जितका लागि एक सय ४० रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाउनुभयो । यस्तै मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झा र अर्जुन घर्तीले समान १३/१३ रन बनाउनुभयो ।
कर्णालीलाई स्तब्ध बनाउन बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले एक्लैले चार विकेट लिनुभयो । उहाँले पूरै चार ओभर बलिङ गर्दै २३ रन खर्चिनुभएको थियो ।
दीपेन्द्रसिंह प्लेयर अफ दि म्याच बन्नुभयो । यस्तै हर्मित सिंह र अविनाश बोहराले दुई दुई तथा हेमन्त धामी र स्कट कुगेलेइजनले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाउनुभयो ।
यस्तै आरिफ शेखले २५ बलमा तीन चौकासहित २७, हर्मित सिंहले १९ र क्रिस लिनले १८, ओपनर विनोद भण्डारीले ११ र स्कट कुगुलेइजनले १० रन बनाउनुभयो ।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै नन्दन यादवले दुई तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




