अन्तर्राष्ट्रिय

अमेरिका र युक्रेनद्वारा जेनेभा वार्तामा परिष्कृत शान्ति ढाँचाको मस्यौदा तयार

ह्वाइट हाउसले स्विट्जरल्याण्डको जेनेभामा भएको वार्ताका क्रममा संयुक्त राज्य अमेरिका र युक्रेनले अपडेट गरिएको र परिष्कृत शान्ति ढाँचाको मस्यौदा तयार पारेको बताएको छ ।

ह्वाइट हाउसले जारी गरेको संयुक्त विज्ञप्तिअनुसार आगामी दिनहरूमा संयुक्त प्रश्तावहरूमा काम जारी राख्न दुवै पक्ष सहमत भएका छन् । यस ढाँचा अन्तर्गत अन्तिम निर्णय युक्रेन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिहरूले गर्नेछन् ।

विज्ञप्तिमा युक्रेनले संयुक्त राज्य अमेरिका र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कृतज्ञता व्यक्त गरेको पनि उल्लेख छ । यसअघि ट्रम्पले सामाजिक सञ्जाल पोस्टमा युक्रेनमाथि आलोचना गर्दै आफ्ना नेताहरूलाई कृतज्ञ नभएको आरोप लगाएका थिए । ह्वाइट हाउसले युक्रेन संकट अन्त्य गर्न २८–बुँदे योजनामा सम्झौताको लागि जोड दिँदै गर्दा संयुक्त राज्य अमेरिका, युक्रेन र युरोपेली देशका प्रतिनिधिहरू जेनेभामा भेटेका थिए ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...