राजनीति

प्रतिनिधिसभा निर्वाचनमा कुलमान र खगेन्द्रले सहकार्य गर्ने

काठमाडौं। आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्दै दुई नयाँ राजनीतिक शक्तिहरू उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपाल एउटै चुनाव प्रयोग गर्ने सहमति भएको छ। दुवै दलले उज्यालो नेपाल पार्टीको ‘बिजुलीको चिम’ चिन्ह लिएर निर्वाचनमा भाग लिनेछन्।

उज्यालो नेपाल पार्टीका प्रवक्ता राजु थापाका अनुसार आज बुधबार भएको छलफलपछि सहमति बनेको हो। यो सहमतिलाई औपचारिक रूप दिन दुवै दलले आजै निर्वाचन आयोगमा निवेदन दिएका छन्। हाम्रो पार्टी नेपालका तर्फबाट सदस्य दधिराज परियार र उज्यालो पार्टी नेपालका तर्फबाट सदस्य जितराम लामाले आयोगमा संयुक्त रूपमा निवेदन पेश गरेका छन्।

‘हामीबीच बिजुलीको चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको छ,’ उज्यालो नेपालका प्रवक्ता राजु थापाले भन्नुभयो, ‘हाम्रो पार्टी नेपालले अब उज्यालो नेपाल पार्टीको चिह्न प्रयोग गर्छ।’

ज्यालो नेपाल पार्टी ऊर्जामन्त्री कुलमान घिसिङको संरक्षकत्वमा रहेको छ भने हाम्रो पार्टी नेपाल अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा गठन भएको पार्टी हो।

आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरिने उम्मेदवारको औपचारिक पत्र प्रदान गर्न दुवै पार्टीले पदाधिकारी तोकेका छन्। त्यसस्मबन्धी जिम्मेवारी हाम्रो पार्टी नेपालले अध्यक्ष खगेन्द्र सुनार र उज्यालो पार्टी नेपालले अध्यक्ष अनुपकुमार उपाध्यायलाई दिएको छ।

सोहीबमोजिम दुवै पार्टीले आज निर्वाचन आयोगमा निवेदन दिएका हुन्। हाम्रो पार्टी नेपालका तर्फबाट सदस्य दधिराज परियार र उज्यालो पार्टी नेपालका तर्फबाट सदस्य जितराम लामाले आयोगमा निवेदन पेश गरेका हुन्।

उज्यालो नेपाल पार्टी, वर्तमान सरकारका ऊर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङको संरक्षणमा रहेको पार्टी हो। ‘लोडसेडिङ अन्त्य’ गर्ने उनी संरक्षणको पार्टीको चुनाव चिन्ह ‘बिजुलीको चिम’ हो। पार्टीको अफिसियल नेतृत्व अध्यक्ष अनुपकुमार उपाध्यायले गरिरहेका छन्।

हाम्रो पार्टी नेपाल पार्टी विभिन्न सामाजिक अभियानमा सक्रिय रहँदै आएका अभियन्ता खगेन्द्र सुनारको अगुवाइमा गठन भएको हो। उनी पार्टीका अध्यक्ष हुन्। उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालसँगै रेञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी बीच पनि एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...