इण्डोनेसियामा बाढी र पहिरोमा परी १३ जनाको मृत्यु
इण्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तका सात क्षेत्र र शहरहरूमा बाढी र पहिरोमा १३ जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ ।
उत्तरी सुमात्राका आपतकालीन व्यवस्थापन, उपकरण र रसद प्रमुख वाह्युनी पन्कासिलावातीले दक्षिण तपानुली रिजेन्सीमा नौ जना र मध्य तपानुली रिजेन्सीमा चार जनाको मृत्यु भएको बताउनु भयो । नोभेम्बर २२ देखि २५ सम्म निरन्तर भारी वर्षाका कारण नदीहरू ओभरफ्लो भए ।
जसले गर्दा मध्य तपानुली, सिबोल्गा, मन्डेलिङ नताल, दक्षिण तपानुली, उत्तरी तपानुली, दक्षिण नियास र पडाङसिदिम्पुआनमा बाढी र पहिरो गएको थियो । अधिकारीकाअनुसार मध्य तपानुलीमा तथ्याङ्क सङ्कलन जारी रहँदा दक्षिण तपानुलीमा ३७ जना घाइते भएका छन् ।
तीन जना बेपत्ता छन् । प्रकोपले सयौं घर, विद्यालय र सार्वजनिक सुविधाहरूलाई पनि क्षति पु¥याएको छ । हजारौं बासिन्दाहरूलाई प्रभावित क्षेत्रहरूमा स्थानान्तरण गर्न बाध्य पारेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




