उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दा मनोबल खस्कियोः मल्होत्रा
काठमाडौँ। नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीका अध्यक्ष दीपककुमार मल्होत्राले देशमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै जाँदा उनीहरुको आत्मबल कमजोर भएको बताउनुभएको छ । नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले अन्य मुलुकमा उद्योगी–व्यवसायीलाई हेर्ने दृष्टिकोणमा सुधार नआएसम्म मुलकमा आर्थिक विकास हुन नसक्ने बताउनुभएको हो । उहाँले इज्जत पाउने वर्गलाई इज्जत नदिनु दुःखद् कुरा भएको बताउनु भयो ।
अध्यक्ष मल्होत्राले जेन–जी आन्दोलन हुनुको मुख्य कारण नै मुलुकभित्रको कुशासन रहेको बताउनु भयो । अब कुशासनलाई हटाएर मुलुकमा व्यवसायीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा उहाँको जोड थियो । उहाँकाअनुसार निजी क्षेत्र सक्रिय भएर अघि बढे दुवै मुलुकको अर्थतन्त्र लाभान्वित हुनेछ ।
अध्यक्ष मल्होत्राले भन्नुभयो–‘सबभन्दा यो देशको दुर्भाग्य भनेको संसारमा सबै देशमा उद्योग व्यापारीले इज्जत पाउछ तर यहाँ उद्योगी व्यवसायीले इज्जत पाउन सकेन । इज्जत पाउने जुन वर्ग हो, उसले इज्जतै पाउन सकेन । एउटा न्यारेटिभ के विकास भयो भने यिनिहरु ठगहरु हुन्, यिनिहिरु ट्याक्स चोर्छन्, यिनिहरुले राम्रा काम गर्दैनन्, भन्नेखालको न्यारेटिभ बन्यो । हुँदाहुँदा हामीलाई नेता, कर्मचारी, पत्रकार, जनताले पनि त्यही भन्न थाले । हामी विना हाम्रो देशको विकास, समृद्ध गर्न असम्भव छ । व्यापारी उद्योगपति भएन र काम गरेन भने देशको अर्थतन्त्र कहाँ जान्छ रु’
कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले नेपाल–भियतनाम व्यापार सम्बन्धमा अझ ठूलो सम्भावना रहेको बताउनु भयो । उहाँले आगामी दिनमा भियतनामसँग सम्बन्ध बढाएर नेपालले व्यवसायिक फाइदा लिनुपर्नेमा जोड दिनुभयो । पूर्वअध्यक्ष श्रेष्ठले भन्नुभयो–‘भियतनामको जुन जीडीपी ग्रोथ छ, सोही अनुसारको नेपालले हासिल गर्नका लागि सम्बन्ध बढाउन जरुरी छ ।’
उहाँले भियतनाममा हुने मेलाहरुबाट फाइदा उठाउन नेपालले निरन्तर प्रयास गर्नुपर्नेमा जोड दिनुभयो ।
श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीको १४ औँ वार्षिक साधारण सभाले सुनिलभक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिमा निःवर्तमान अध्यक्ष दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ वरिष्ठ उपाध्यक्ष तथा सुरेशमान श्रेष्ठ तथा गोपालदास मानन्धर उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
महासचिवमा नवीन सार/डोलबहादुर थापा, कोषाध्यक्षमा स्वाति घोरीवाला, सचिवमा पवित्रमान गुरुङ र प्रकाश ९राम० श्रेष्ठ निर्वाचित हुनुुभएको छ । सदस्यहरूमा मनिशलाल प्रधान, सुशील स्थापित, दीपक महर्जन, सञ्जीव तुलाधर, राजु श्रेष्ठ, श्याम मारवाडी, रश्मी पन्त चयन हुनुभएको छ भने कुमार श्रेष्ठ, प्रकाश रेग्मी, आयुसबहादुर श्रेष्ठ, रमेश पराजुली, विधाता श्रेष्ठ, अच्युतबहादुर हाडा, सक्षम घिमिरे, सर्वोत्तम लाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमितिले किरणकुमार श्रेष्ठ, ध्रुवकुमार श्रेष्ठ र डा। सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको छ ।
पदस्थापन समारोहपछि नवनिर्वाचित अध्यक्ष सुनिलभक्त श्रेष्ठले भियतनामसँगको व्यापारिक सम्बन्ध विस्तारमा आफूले जोड दिने बताउनु भयो । उहाँकाअनुसार दुवै देशबीचको व्यापार क्षमता ठूलो छ । अबको कार्यकालमा व्यापारिक प्रमोशन, लगानी आकर्षण तथा व्यवसायीहरूलाई जोड्ने प्लेटफर्मलाई अझ सशक्त बनाउँदै लगिनेछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




