राजनीति

एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त) बीच एकता

काठमाडौँ । घनश्याम भुसाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा (संयुक्त)बिच एकता भएको छ ।

बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकताको घोषणा गरिएको हो । नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानका संयोजक घनश्याम भूसाल र नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले हस्ताक्षर एकताको सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो।  जसमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी संयुक्त राख्ने उल्लेख छ साथै दुई पार्टीबिच महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन गर्ने र चुनाव चिन्ह हँसिया रहने उल्लेख गरिएको छ ।

पत्रकार सम्मेलनमा नेकपा (एकीकृत समाजावादी) पुनर्गठन अभियानका संयोजक घनश्याम भुसालले दलहरुको असफलताका कारण जनेजी आन्दोलन भएको र सो आन्दोलनमा देशभित्र र बाहिरका अपराधीक मानसिकता भएकाको घुसैपठले हिंसात्मक बनाएको बताउनुभयो।

संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले नयाँ युवाहरुलाई पार्टीको नेतृत्व सुम्पिनका लागि आफु तयार भएकाले सन्तुष्टीपूर्वक नेकपा एकीकृत समाजवादी, पुनर्गठन अभियानसंग एकताको निर्णय गरिएको बताउनुभयो।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...