जेनजी लिएर सिडिओ कार्यालयमा विप्लवका नेता
झापा। हालै भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा आह्वान गरिएको विद्रोहसँग सम्बन्धित घटनामा झापा सुरक्षा निकायले गरिरहेको व्यापक धरपकड, कुटपिट, र झुटा मुद्दा दर्ता गर्ने प्रवृत्तिविरुद्ध नेकपा (माओवादी) का झापा इन्चार्ज सुमनसिंह नेतृत्वको टोली आज प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालय, झापा पुगेर कडा आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।
सिडिओ कार्यलयमा बुझाइएको ध्यानाकर्षण पत्रमा “अपराधीलाई छोडेर अबोध जेनजी युवालाई भिडिओ–फोटोमा देखिएकै भरमा पक्राउ गर्ने, झुटा मुद्दा थोपर्ने र हिरासतमा कुटपिट गर्ने कार्य तुरुन्त रोक्न” माग गरिएको छ।
नेता सुमनसिंहले सुरक्षा निकायले वास्तविक दोषीलाई छाडेर युवा पुस्तामाथि दमन गरिनु सत्ताको चरित्रगत कमजोरी भएको टिप्पणी गर्नुभएको हो।
उहाँका अनुसार बन्द कोठाबाट षड्यन्त्र गरेर परिस्थितिलाई बिगार्न भूमिका खेलेका एनजिओ–आईएनजिओका दलालहरू पहिचान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने तर सडकमा परिवर्तनको भावका साथ निस्किएका जेनजी युवालाई अनावश्यक दुःख दिन नहुने बताउनुभएको छ।
ध्यानाकर्षण पत्रमा झापा जिल्ला दक्षिण एशियाली भू–राजनीतिमा संवेदनशील क्षेत्र रहेको उल्लेख गर्दै, चिकेन्स–नेक क्षेत्रको संवेदनशीलता मध्यनजर, प्रशासनले थप जिम्मेवारीपूर्वक, निष्पक्ष र प्रभावकारी भूमिका खेल्न आग्रह गरिएको छ।
बुझाइएको पत्रमा नेकपा (माओवादी) झापा सचिव संजय सी र जेनजी सरोकार मोमेन्ट झापा संयोजक बिनोद मगरले हस्ताक्षर छन्।
दुवै संगठनले जेनजी विद्रोहलाई अपराधीकरण गर्न खोज्नु जनविरोधी कदम भएको र वास्तविक षड्यन्त्रकारीलाई कारबाही अघि नबढाए झापामा अस्थिरता बढ्ने चेतावनी दिनुभएको हो।
सिडिओ कार्यालयमा पुगेका नेताहरूले हालको दमनकारी कार्यप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सुधारात्मक कदम चाल्न प्रशासनलाई अनुरोध गरेका छन्।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...




