अन्तर्राष्ट्रिय

अमेरिकाले १९ देशका नागरिकको ग्रीनकार्ड पुनरवलोकन गर्ने

वासिङटन। अमेरिकाले १९ वटा देशका नागरिकहरूले पाएको ग्रीनकार्ड पुनरवलोकन गर्ने भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा सुरक्षाको दृष्टीले संवेदनशील मानिएका १९ देशका सबै नागरिकहरुलाई दिइएको ग्रीन कार्ड पुनः कडाइका साथ जाँच गर्न लागेको हो।

बुधबार राजधानी वाशिङ्टन डिसीमा नेसनल गार्डका सुरक्षाकर्मीहरूमाथि गोली चलेपछि ट्रम्पले कडाइका साथ ग्रीन कार्ड पुनरवलोकन गर्न निर्देशन दिएको अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।

अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (युएससीआईएस) का निर्देशक जो एड्लोले राष्ट्रपति निर्देशअनुसार सम्बन्धित देशका सबै विदेशी नागरिकका ग्रीन कार्ड पूर्ण रूपमा पुनः परीक्षण गर्न आदेश दिइएको बताएका छन्।

युएससीआईएसले जुन महिनामा जारी गरिएको राष्ट्रपतिको घोषणामा सूचीकृत १९ देशलाई ‘सुरक्षाका दृष्टिले संवेदनशील देश’का रूपमा उल्लेख गरिएको जनाएको छ।

ग्रीन कार्ड जाँच हुने देशहरूमा अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गुएना, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन, बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेको सिएनएनले जनाएको छ।

वाशिङ्टनको गोलीकाण्डमा संलग्न आरोपी रहमानउल्लाह लाकानवाल एक अफगान नागरिक भएको पहिचान सार्वजनिक भएपछि प्रशासनले आप्रवासन नियन्त्रण थप कडा बनाएको हो।

गृह सुरक्षा मन्त्रालयले पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा स्वीकृत भएका सबै शरणार्थी तथा आश्रयसम्बन्धी मुद्दाहरू पनि पुनरावलोकन गरिरहेको जनाएको छ।

मन्त्रालयकी सहायक सचिव ट्रिसिया म्याकलफलिनका अनुसार अफगान नागरिकसँग सम्बन्धित सबै आप्रवासन आवेदन प्रक्रिया तत्कालका लागि अनिश्चितकालीन रूपमा रोकिएको छ। सुरक्षा जाँच र भेटिङ प्रक्रिया पुनः मुल्यांकन नभएसम्म कुनै पनि निवेदन अघि नबढाइने स्पष्ट गरिएको छ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...