खेलकुद

नेपाल मलेसियालाई ९ विकेटले हराउँदै फाइनलमा

काठमाडौँ।  नेपाल यूएईमा जारी एसिसी यू-१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। उत्कृष्ट बलिङमा नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो।

अजमानको सेभेन डिस्ट्रिक्ट मैदानमा टस जितेर नेपालले पहिला बलिङ रोज्यो र मलेसियालाई १७ ओभरमै ५१ रनमा अलआउट गर्दै सनसनीपूर्ण दबाब बनायो। मलेसियाले ५ विकेट गुमाउँदा मात्र ८ रन जोडेर अत्यन्तै खराब सुरुवात गर्‍यो।

मलेसियाका १ देखि ७ नम्बरका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। टोलीको लागि सर्वाधिक रन हम्जा पांगीले १३ तथा मुहम्मद फातुलले ११ बनाए।

नेपालका नितेश कुमार पटेलले ८ ओभरमा २४ रन खर्चिँदै ४ विकेट लिए भने चन्दन रामले ५ ओभरमा १७ रनमा ३ विकेट हात पारे। अपराजित पौडेल, अशोक धामी र रोशन विश्वकर्माले एक-एक विकेट लिए।

जितका लागि ५२ रनको लक्ष्य पछ्याउँदै नेपालले ७ ओभर ५ बलमै १ विकेट मात्र गुमाएर विजय हासिल गर्‍यो। निरजकुमार यादव ४ रनमा आउट भएका थिए। त्यसपछि वंश क्षेत्री र निश्चल क्षेत्रीले अविजित ५१ रनको साझेदारी गर्दै सहज जित दिलाए। वंशले २३ रन र निश्चलले १५ रन बनाए।

नेपाल समूह चरण र सेमिफाइनलसहित प्रतियोगितामा अपराजित छ। अब उपाधिका लागि नेपालले यूएई र ओमानबीचको विजेतासँग सोमबार प्रतिस्पर्धा गर्नेछ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...