बाढी पहिरोमा परी श्रीलंकामा १५३ को मृत्यु, १९१ जना अझै बेपत्ता
काठमाडौं। श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले शनिवार साँझ चक्रवात दिट्वाका कारण आएको बाढी र पहिरोका कारण १ सय ५३ जनाको मृत्यु भएको बताएको छ।
धेरै जिल्लाहरूमा खोज र राहत कार्य तिब्र पारिएको छ । १ सय ९१ जना अझै बेपत्ता रहेको बताइएको छ ।
सबै जिल्लाका २ लाख १७ हजार २ सय ६३ परिवारका ७ लाख ७४ हजार ७ सय २४ जना भारी वर्षा, बाढी र पहिरोबाट प्रभावित भएको बताइएको छ । २७ हजार ४ सय ९४ परिवारका १ लाख ८ सय ९८ जना हाल ७९८ निकासी केन्द्रहरूमा बसिरहेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




