समाचार

नेपालमा ३४ हजार ३ सय ३७ जना एचआईभी संक्रमित

काठमाडौं। नेपालमा एचआईभी संक्रमितको संख्या ३४ हजार ३ सय ३७ जना रहेका छन्। विश्व एड्स दिवसको अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सर्वेश शर्माले यसबारे जानकारी गराउनुभएको हो।

उहाँकाअनुसार कुल संक्रमितमध्ये १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना रहेका छन् । त्यस्तै १५ वर्ष माथिका १४ हजार जना महिलाहरुमा एचआइभी संक्रमण छ । उहाँले १५ वर्ष भन्दा माथिका एचआइभी संक्रमित पुरुषहरुको संख्या १९ हजार २ सय ७९ रहेको छ । एक हजार ५८ जना एचआइभी पोजेटिभ बालबालिकाहरु रहेका छन् । गत एक वर्षमा आमालाई एचआइभी परीक्षण गर्दा २ सय २७ जना बालबालिकाहरु संक्रमित फेला परेका छन् ।

सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको डा. शर्माले बताउनु भयो । सरदर दिनमा १.७ जना नयाँ संक्रमित थपिरहेका छन् भने दिनमा एक जनाको एचआइभीका कारण मृत्यु भइरहेको छ ।

उहाँले भन्नुभयो, ‘३४ हजार ३ सय ३७ जना नेपालमा एचआइभीको संक्रमित हुनसक्छ भन्ने आँकलन गरिएको छ । यसमा १५ वर्ष भन्दा माथिका ३३ हजार २ सय ७९ जना हुनुहुन्छ । महिलाहरुमा १५ वर्ष माथिका लगभग १४ हजार जना हुनुहुन्छ । १५ वर्ष भन्दा माथिका पुरुषहरुको कुरा गर्दा १९ हजार २ सय ७९ जना हुनुहुन्छ । बच्चाहरुको कुरा गर्ने हो भने लगभग एक हजार ५८ जना एचआइभी पोजेटिभ हुनुभएको छ भन्ने आँकलन छ । आमालाई एचआइभी टेस्टिङ गर्दा २ सय २७ जना बच्चाहरुमा पोजेटिभ हुनसक्छ भन्ने आँकलन छ । सन् २००० देखि २०२४ सम्म आउँदा नयाँ संक्रमण पनि ७६ प्रतिशतले घटेको छ । तर अझै हामी ९० प्रतिशतसम्म पुग्नुपर्नेछ । सरदर दिनमा एउटा जस्तो वा १.७ जना नयाँ क्लाइन्टहरु थपिने अवस्था छ । मृत्युको दरको कुरा गर्ने हो भने लगभग दिनमा एउटा जस्तो एचआइभीको कारणले मृत्यु हुने गर्दछ ।’

डा. शर्माकाअनुसार ८८ प्रतिशत संक्रमितहरु औषधिको सेवन गरिरहनुभएको छ । संक्रमितहरुमध्ये ७६ प्रतिशतले शरीरमा भाइरसको मात्रा कति छ भनेर परीक्षण गरिरहेको बताउनु भयो । आगामी एक वर्षभित्र एचआइभी संक्रमण विरुद्धको रणनीति बनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं। रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा हुँदा गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार...

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बागलुङ । मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प...

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर घाइते

सिरहा। पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको...

आजदेखि एकसाता लामो सार्वजनिक बिदा

आजदेखि एकसाता लामो सार्वजनिक बिदा

काठमाडौँ। आजदेखि एकसाता लामो सार्वजनिक बिदा सुरु भएको छ। फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार सात...