खेलकुद

कर्णालीलाई हराएपछि काठमाडौंले बनाएको प्लेअफको बलियो सम्भावना

काठमाडौं। जोन सिम्पसन र जेरार्ड इरासमसको साझेदारीसँगै काठमाडौं गोर्खाजले नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको छ।

कीर्तिपुरमा आफ्नो छैटौं खेलमा काठमान्डुले आइतबार कर्णाली याक्समाथि पाँच विकेटले हराउँदै एनपिएलको दोस्रो सिजनमा प्लेअफ सम्भावना बलियो बनाएको हो । काठमाडौंको जितमा चौथो विकेटका लागि सिम्पसन र इरासमसको साझेदारी महत्वपूर्ण रह्यो । पहिलो सिजनमा कर्णालीसँगै नेट रनरेटमा पछि पर्दा काठमान्डु प्लेअफमा पुग्न असफल भएको थियो । तर, दोस्रो सिजनमा भने छैटौं खेलमा चौथो जित निकाल्दै काठमान्डु प्लेअफनजिक पुगेको छ । पाँचौं खेलमा चौथो हार बेहोरेको कर्णालीको प्लेअफ सम्भावना भने कठिन नै छ । त्रिवि क्रिकेट मैदानमा कर्णालीले एक सय ५० रनको मध्यम लक्ष्य दियो । तर, काठमान्डुले १८औं ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

मध्य क्रमका ब्याटर इरासमसले ४३ र सिम्पसनले ४१ रनको साझेदारी गर्दै जितको आधार तय गरे । यी दुईले चौथो विकेटका लागि ८६ रनको साझेदारी गर्दै जितको आधार बनाए । इरासमसले ३३ बलमा समान दुई चौका र छक्का हिर्काए । सिम्पसनले २१ बलमा चार चौका र दुई छक्का प्रहार गरे । नन्दन यादवले १८औं ओभरमा सिम्पसनलाई आउट गर्दै साझेदारी ताडेका थिए । तर, काठमान्डु जितका लागि १ रन मात्र टाढा थियो । लगत्तै आएका रासिद खान पहिलो बलमै आउट भए । तर, भीम सार्कीले दुई बलमा एक छक्कासहित ६ रन जोडे । काठमाडौं ले सुरुदेखि आक्रामक ब्याटिङ गर्‍यो । पावरप्लेमा एक विकेट गुमाएको काठमान्डुले ४६ रन जोड्यो ।ओपनर आकाश त्रिपाठी ८ रनमा आउट भए । तर, अर्का ओपनर बेन चाल्र्सवर्थले २१ बलमा ३४ रन जोड्दै आक्रामक ब्याटिङ गरे । उनको इनिङमा दुई चौका र तीन छक्का रह्यो ।

मिलिन्द कुमार १५ रनमा रनआउट भए । १०.१ ओभरमा जनकपुर ६३÷३ को अवस्थामा थियो । तर, त्यसपछि सिम्पसन र इरासमसले आक्रामक ब्याटिङ गरे । कर्णालीको खराब फिल्डिङ दोहोरिँदा काठमान्डुका लागि थप सहज पनि बन्यो । कर्णालीको बलिङमा नन्दनले तीन र पवन सर्राफले एक विकेट लिए । सात बलर प्रयोग भए पनि कर्णालीले लक्ष्य रक्षा गर्न सकेन । त्यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने कर्णालीको निर्णय सहज भएन ।

पहिलो ओभरमै दुई विकेट पतनसँगै कर्णालीको सुरुआत खराब रह्यो । तर, सातौं नम्बरका ब्याटर गुलसनको आक्रामक ब्याटिङमा कर्णालीले सात विकेट गुमाउँदै एक सय ४९ रनको मध्यम योगफल बनायो । २२ बलमा गुलसनले नटआउट ४९ रन जोड्दै इनिङ समाले । काठमान्डुको कप्तान करणले इनिङको पहिलो बलमै ओपनर प्रियान्क पन्चाललाई कट एन्ड बोल्ड गरे । छैटौं बलमा बोसिस्टो १ रनमा रनआउट भए । दबाबमा परेको कर्णालीले पावरप्लेमा दुई विकेट गुमाउँदा ३८ रन जोड्यो । अर्का ओपनर मार्क वाटले तेस्रो विकेटका लागि पवन सर्राफसँग ५८ रनको साझेदारी गरे । तर, फेरि रनआउटका रूपमा कर्णालीले अर्को विकेट गुमायो । रन लिने क्रममा मार्क सुस्त दौडिए ।

त्यसको फाइदा लिँदै अर्को इनिङबाट भीम सार्कीले उनलाई रनआउट गरे । यो विकेटसँगै कर्णाली दबाबमा प¥यो । थप २८ रन जोड्दा कर्णाली योसँगै कुल चार विकेट गुमायो । १२औं ओभरमा पवन ३५ रन जोड्दै आउट भए । २९ बल खेलेका उनले समान दुई चौका र छक्का हिर्काए । त्यसपछि दुई ब्याटर सस्तैमा पभेलियन फर्किए । नजिबउल्लाह जादरान १२ र कप्तान सोमपाल ६ रनमै आउट भए । १४.२ ओभरमा कर्णाली ८८÷६ को नाजुक अवस्थामा थियो । यद्यपि, सातौं विकेटका लागि गुलसन र दीपक दुम्रेबीच ५५ रनको महत्वपूर्ण साझेदारी बन्यो । यी दुईले २५ बलमै ५० रनको साझेदारी पूरा गरेका थिए । विकेटकिपर दीपक १० रनमा आउट भए ।

१९औं ओभरमा कर्णाली १४३÷७ को अवस्थामा थियो । डेथ ओभरमा करणले ६ रन मात्रै दिँदै कर्णालीलाई एक सय ५० रनको आँकडा पार गर्न दिएनन् । गुलसनले ६ चौका र तीन छक्का प्रहार गरे । ३ बल खेलेका नन्दनले १ रन मात्रै जोडे । काठमान्डुको बलिङमा रासिद खानले दुई तथा करण, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट लिए ।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...