अर्थ

बैंकहरुले ‘लोन प्याकेज’ हरु पुनरावलोकन गर्नुपर्छः गभर्नर पौडेल

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ हरु पुनरावलोकन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सोमबार आयोजित २९ औँ वार्षिक साधारण सभामा बोल्दै गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताउनुभएको हो।

गभर्नर पौडेलकाअनुसार उद्योगी, व्यवसायीहरुसँग छलफल गरेर बैंकका सिइओहरुले त्यस्ता प्याकेजहरु डिजाइन गर्नुपर्छ । अहिलेका प्याकेजहरु त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन सकेको छैन र ब्यापक रुपमा बैंकमा पैसा थ्रुपिएको छ । उहाँले बैंकहरुको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत बताउनु भयो ।

गभर्नर पौडेलले भन्नुभयो– ‘बैंकको फाइनान्शीयल प्रोडक्सहरु मोनटिरी पोलिसीअनुसार नयाँ आइरहेको देखिँदैन । कतिपय फार्मरहरुदेखि टुरिजम सेक्टरको फार्मर, एन्ट्ररप्रेनरसहरुले पनि भनिरहेका छन् की लोन प्रोडक्टहरुले जुन रुपमा डिजाइ भइरहेको छ, त्यो डिजाइनहरु उहाँहरुको आवश्यकता अनु्कुलको भएर आएको छैन् । त्यो भएर बैंकका म्यानेजरहरु समेत यो कार्यक्रममा हुनुहुन्छ, लोकल विजनेशम्यानहरुलाई फोकस गरेर फाइन्सीयल प्रोडक्टहरु ल्याउन म अनुरोध पनि गर्दछु ।’

गभर्नर पौडेलले यसविषयमा बैंकका सिइओसँग आगामी हप्ता छलफल समेत आफूले गर्न लागेको बताउनुभयो । पौडेलकाअनुसार अहिलेका बैंकहरुको प्रोडक्टरहरु कत्तिको प्रभावकारी छन् त्यसबारे समीक्षा हुनेछ । उहाँले मौद्रिक नीतिलाई थप लचिलो बनाइएको बताउँदै यसले कृषि, पर्यटनलगायतका उद्यमी व्यवसायीले ऋणका लागि सहजता थप्ने बताउनु भयो । उहाँले राष्ट्र बैंकको नीतिकै कारण कुनै उद्योगी व्यवसायीलाई समस्यामा पर्ने आवस्था आउन नदिने समेत बताउनु भयो ।

राष्ट्र बैंकका गभर्नर पौडेलले बैंकहरुलाई महानगरभित्र शाखा खोल्ने, गाँभ्नेमा मौद्रिक नीतिले स्वतन्त्र छाडिदिएको बताउनु भयो । त्यसले बैंकहरुले नाफा बढाएर मुनाफा खुलाउन सघाउ पुग्ने आफूले विश्वास लिएको समेत बताउनु भयो । सोमवार राष्ट्र बैंकले बैंकहरुलाई महानगर भित्र शाखा खोल्न र बन्द गर्न स्वतन्त्रता दिएको थियो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...