अन्तर्राष्ट्रिय

भारतको तमिलनाडुमा चक्रवात डिट्वाबाट ३ जनाको मृत्यु

दक्षिणी भारतीय राज्य तमिलनाडुमा चक्रवात डिट्वाहले गर्दा भएको वर्षासँग सम्बन्धित घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । लगभग १५० गाईवस्तु मरेका छन् । वर्षाले २०० भन्दा बढी घर र झुपडीहरूमा क्षति पु¥याएको छ ।

राज्यको ५६ हजार हेक्टर खेतीयोग्य जमिन डुबानमा पारेको छ । स्थानीय अधिकारीहरूकाअनुसार भारी वर्षाको पूर्वानुमान गरिएका जिल्लाहरूमा ३८ राहत शिविरहरू स्थापना गरिएको छ । यसैबीच, राज्य विपद् प्रतिक्रिया बल र राष्ट्रिय विपद् प्रतिक्रिया बलका २८ टोलीहरू खटाइएको छ ।

चक्रवात डिट्वा शुक्रवार श्रीलंकामा फैलिएको थियो । जसमा मुसलधारे वर्षाले पहिरो र बाढी निम्त्याएको थियो । मृत्यु हुनेको संख्या २ सय १२ पुगेको छ र देशमा २ सय १८ जना बेपत्ता भएको रिपोर्ट गरिएको छ ।

सम्बन्धित समाचार

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

अमेरिका–इजरायलको आक्रमणको विरोधमा यमनको सानामा विशाल र्‍याली

क्षेत्रीय तनाव बढेसँगै प्रदर्शनकारीहरूले यमनको राजधानी सानाका सडकहरूलाई प्रतिरोधको मञ्चमा परिणत गरेका छन् । हुथी समूहका नेताको आह्वानमा गरिएको...

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीद्वारा इरानसँगको सीमानाका अस्थायी रूपमा बन्द

टर्कीले इरानसँगको आफ्नो सीमानामा यात्रु आवागमनलाई अस्थायी रूपमा स्थगित गरेको छ । यद्यपि व्यापारिक कारोबार र आधिकारिक प्रवेश सहज...

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

सिरियाद्वारा हवाई क्षेत्र बन्दको अवधि थप, दमास्कस नजिकै मिसाइलको टुक्रा खस्दा चार जना घाइते

इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमणपछि क्षेत्रीय तनाव चरम बिन्दुमा पुगेका बेला सिरियाले सोमवार मध्यरातदेखि लागू हुनेगरी थप २४...

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरानबाट १८ चिनियाँ नागरिकको उद्धार

इरान र संयुक्त राज्य अमेरिका तथा इजरायलबीचको द्वन्द्व जारी रहेका बेला १८ चिनियाँ नागरिकलाई इरानबाट अजरबैजान उद्धार गरिएको छ।...