कर्णालीलाई पोखराले दियो २०२ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएलं) अन्तर्गत मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई २०२ रनको चुनौती दिएको छ ।
कर्णालीले टस जितेर सुरुमा फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको पोखराले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा २०१ रन बनाएको हो । उसका लागि एडम म्याथ्यू रोसिङ्टनले शतक प्रहार गर्नुभयो । रोसिङ्टनले नटआउट ५८ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै १०८ रन बनाउनुभयो । उहाँको शतक एनपिएलको तेस्रो हो । जारी प्रतियोगितामा यसअघि एउटा शतक प्रहार भएको थियो भने अघिल्लो सिजनमा एउटा शतक प्रहार भएको छ ।
पोखराका लागि जेसन रोयले ४६ रन जोड्दा धनन्जय लक्षणले नटआउट २३ रन थप्नुभयो । ओपनिङमा आउनुभएका पोखराका कप्तान कुशल भुर्तेल १७ बलको सामना गर्दा १८ रन बनाउँदै आउट हुनभएको थियो ।
कर्णालीका लागि नन्दन यादव र मार्क वाटले एकएक विकेट हात पर्नुभयो । अहिले कर्णालीले जवाफी ब्याटिङ गर्दैछ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




