कोरियामा नेपालीलाई शरणार्थी भिसा लिन उक्साउने गतिविधिप्रति दूतावासले गम्भीर ध्यानाकर्षण
काठमाडाैँ । कोरियामा नेपालीलाई शरणार्थी भिसा लिन उक्साउने गतिविधिप्रति दूतावासले गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।नेपाली राजदूतावास सउल, गणतन्त्र काेरियाले मंगलबार एक सूचना जारी गर्दै शरणार्थी भिसा लिन उक्साउने गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएकाे हाे ।
विभिन्न बहानामा पैसा असुल्ने र नेपाली नागरिकलाई शरणार्थी बन्न उक्साउने गतिविधि पूर्णतः अवैध रहेकाे दूतावासले जनाएकाे छ । सबै नेपाली नागरिकहरूलाई शरणार्थी भिसा (G-1) भिसा नलिन दूतावासले अनुरोध गरेकाे छ।
नेपाली राजदूतावास सउल, गणतन्त्र काेरियाद्वारा जारी सूचनामा भनिएकाे छ, ‘दक्षिण कोरिया सरकारले अन्तर्राष्ट्रिय सुरक्षा, मानव अधिकारको रक्षा वा अत्यावश्यक कानुनी तथा मानविय परिस्थितिको विशेष अवस्थामा मात्र प्रदान गर्ने शरणार्थी भिसाका लागि हालै उचित योग्यता वा आधार बिना नै झुठा कागजात तयार गरी गलत तरिकाले शरणार्थी आवदेन गर्ने क्रम बढ्दै गएको र कोरिया जान चाहने नेपाली नागरिकहरूलाई लक्षित गर्दै केही व्यक्तिहरू तथा समूहहरू टिकटक,फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमार्फत नेपालीलाई शरणार्थी भिसा प्रवृत्ति सम्बन्धि भ्रामक, गैरकानुनी र प्रलोभनपूर्ण विज्ञापन मार्फत अवैध भिसा व्यापारमा सक्रिय भएकोप्रति दूतावासको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाली नागरिकको हित, सुरक्षा र प्रतिष्ठाको संरक्षण दूतावासको प्राथमिक जिम्मेवारी रहेकाे सूचनामा उल्लेख गरिएकाे छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




