राष्ट्र बैंकद्वारा नयाँ मौद्रिक सर्कुलर जारी, के पर्छ असर?
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको आधारमा बैंक तथा वित्तीय संस्थाका लागि नयाँ व्यवस्थाको सर्कुलर जारी गरेको छ।
सर्कुलरअनुसार, बाढीपीडित जिल्लाका उद्यम–व्यवसाय कर्जालाई ऋणीको अनुरोधमा पुनरसंरचना गर्न सकिने व्यवस्था छ। यसका लागि नगद प्रवाह र आम्दानीको विश्लेषण गरी कम्तीमा १० प्रतिशत ब्याज असुल गरी आगामी चैतभित्र पुनरसंरचना सक्नुपर्नेछ।
अब बैंक तथा वित्तीय संस्थाले प्रयोजन नखुलाई एक करोड रुपैयाँसम्म व्यक्तिगत कर्जा (अधिविकर्षसहित) दिन सक्नेछन्। तोकिएको सीमा नाघेमा अतिरिक्त रकममा १०० प्रतिशत कर्जा नोक्सानी व्यवस्था लागू हुनेछ।
विशेष कार्यक्रमका लागि उपलब्ध कर्जाको ब्याजदर घटाएर ५.७५ प्रतिशत गरिएको छ, जसले कृषि, लघु उद्यम र प्राथमिकता क्षेत्रका कर्जामा राहत ल्याउनेछ।
त्यसैगरी ‘घ’ वर्गका वित्तीय संस्थाले विपन्न तथा न्यूनआय समूहलाई कृषि वा लघु उद्यमका लागि दिने कर्जा सात लाखबाट १५ लाख रुपैयाँ पुर्याइएको छ। तर, समूहका सदस्यले एकैपटक कर्जा वा धितो कर्जामध्ये केवल एक विकल्प लिन पाउने व्यवस्था छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




