अर्थ

जेन–जीबाट क्षतिग्रस्त भवनको २ वर्षभित्र पुनर्निर्माण सक्छौंः सहरी विकाससचिव सिग्देल

काठमाडौँ। शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले शहरी विकास मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरुको निर्माणका लागि पुनर्निर्माणको प्रक्रिया अघि बढाउन लागिएको बताउनुभएको छ।

बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै उहाँले २ वर्षभित्र पुनःनिर्माणको सम्पूर्ण काम सक्ने लक्ष्य रहेको बताउनु भयो। मध्यम प्रकारको क्षति भएका भवनहरुको काम ६ महिनादेखि १ वर्षभित्र सकिने बताउनुभयो।

उहाँले क्षतिग्रस्त भवनको अध्ययन विज्ञहरुबाटै गर्न जरुरी रहेको बताउनुभयो। उहाँकाअनुसार मन्त्रालयको कार्ययोजना २ वर्षभित्र सबै पुनर्निमाणका कामहरु सक्नेछ । मध्यम क्षतिको ६ महीनादेखि १ वर्षभित्र निर्माण सकिने उहाँले बताउनु भयो।

सचिव सिग्देलले भन्नुभयो–‘क्षतिको मूल्यांकन विस्तृत अध्ययन गरेर निकाल्नुपर्छ । विज्ञबाटै लागत निकाल्नुपर्छ । संघीय सरकार मातहतको करिव ६०० भवनको पुनर्निर्माण गर्नुपर्ने अवस्था छ । करिव २०० पहेलो क्याटोगोरीका भवनहरु छन् । त्यसलाई विशेषज्ञहरुले हेरेर विज्ञबाट प्रतिवेन आएपछि अघि बढ्नेछ । अध्ययनको काम अघि बढाएका छौं । प्रतिवेदन प्राप्त भएपछि तत्कालै निर्माणको काम अघि बढाउनेछौं । केही ठूलो क्षति भएको सर्वोच्च, सिंहदरबारको पश्चिम खण्ड, संसद् भवनहरु छन् । अध्ययन गराएर प्रतिवेदन प्राप्त भएपछि निर्माण प्रक्रिया अघि बढाइनेछ ।’

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चालु आर्थिक वर्षका कतिपय कार्यक्रमहरुमा छुट्याइएका बजेटहरु स्थगन गरिएको बताउनुभएको छ।

सचिव शर्माले वार्षिक कार्यक्रम योजनाहरुमा बजेट कटौती भन्दा पनि स्थगन गरिएको बताउनु भयो । उहाँका अनुसार जेन–जी आन्दोनपछि बनेको सरकारले वार्षिक बजेटलाई पुनः प्राथमिकरण गरेको हो ।

सचिव शर्माले भन्नुभयो–‘बजेट हेरफेर कटौती भन्दा पनि अहिलेलाई स्थगन, पुनःप्राथमिकीकरण भन्नुपर्छ । कटौती भनेर काटेर पठाइएको छैन । यसलाई पुनः प्राथमिकीकरण गरेर आवश्यकताका आधारमा तत्काल सम्पन्न गर्ने आयोजनामा बजेट दिएका छौं । यसले सकारात्मक, नकारात्मक दुवै असर पार्छ । चालु बजेटमा स्थानीय प्रकृतिका योजनाहरु पनि परेका थिए । ति रोकिदाँ केही असर पर्नसक्छ ।’

सचिव शर्माले राष्ट्रिय गौरवका आयोजनाहरुलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनु भयो । उहाँकाअनुसार जेन–जी आन्दोलनका कारण भौतिक क्षति पुगेका कार्यालयहरुको पुनर्निर्माणको काम अघि बढासकिएको जानकारी दिनुभयो । –न्युज एजेन्सी नेपाल

 

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...