ओलीकै वरिपरि गोलबद्ध हुन्छौँ, म अध्यक्ष र महासचिवबाहेक अन्य पदमा हुन्छु : विष्णु पौडेल
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने बताउनुभएको छ ।
बुधबार प्रेस चौतारी नेपालले नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै उहाँले तपाईँहरूलाई यो ध्रुव मंसिर २९ गतेसम्म जान्छ जस्तो लाग्छ ? भन्दै प्रश्न गर्नुभयो । एमाले पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमाले भित्र जुन ध्रुव देखिएको छ के तपाईँहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन’, उहाँले भन्नुभयो ।
उहाँले एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरी पनि नेकपा एमाले अघि बढ्ने स्पष्ट पार्नुभयो । ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिन, यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नु पर्छ’, उहाँले स्पष्ट शब्दमा भन्नुभयो ।
एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भइरहेको बताउँदै उहाँले तर एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको दाबी गर्नुभयो । एमालेले लिने नीति देशको नीति बन्ने उहाँको भनाइ छ ।
महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको स्पष्ट पार्नुभयो । ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ, मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु,त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उहाँले भन्नुभयो ।
पौडेलले आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको पनि बताउनुभयो । ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन’, उहाँले थप भन्नुभयो, ‘म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११ औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष महासचिव बाहेकमा हुन्छ, मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमाले विरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेले तर ती घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने स्पष्ट पार्नुभयो । ‘एमाले नपुगेको कुनै वडा र टोल छैन, हामी एमाले नपुरेको घर छैन भन्ने ठाउँमा यो पार्टीलाई पुर्याउने अभियानमा छौँ’, पौडेलले भन्नुभयो ।
एमाले गमलामा मल हालेर हुर्काएको पार्टी नभएको बताउँदै उहाँले एमाले सारा हण्डर, त्याग बलिदान र संघर्षबाट गुज्रिएको पार्टी भएको बताउनुभयो । ‘कस्ता कस्ता प्रतिकूलता त सामना गरेको आएको एमालेलाई अहिलेको प्रतिकूलता केही होइन’, उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा उहाँले अहिले संविधान लिक बाहिर भएकोले त्यसलाई लिकमा ल्याउनु पर्ने बताउनुभयो । ‘हामी सबैभन्दा पहिला मुलुकलाई संविधानको लिकमा फर्काउन चाहन्छौँ, यस सम्बन्धी निर्णय एमालेले सार्वजनिक गरिसकेको छ, प्रतिनिधि सभाको पुनर्स्थापना नै यसको सहज बाटो हो, प्रतिनिधि सभा पुरस्थापना गरी सहमतिको आधारमा संविधान, संशोधन गरेर शीघ्रातिशीघ्र एमाले निर्वाचनमा जान चाहन्छ’, पौडेलले भन्नुभयो ।
नेकपा एमाले राजनीतिक अधिकारको पक्षमा, मौलिक अधिकार र मानव अधिकारको पक्षमा भएको बताउँदै उहाँले जेनजीले उठाएका माग सम्बोधन गर्न एमाले तयार रहेको बताउनुभयो ।
सरकार चुनाव गराउने मनस्थितिमा नरहेको बताउँदै उहाँले चुनाव भन्ने भन्दा पनि गर्ने कुरा भएको बताउनुभयो। त्यसका लागि अनुकूल वातावरण बनाउनु पर्ने उहाँको धारणा छ । ‘राजनीतिक दललाई किनारामा राखेर, नेताहरूलाई अपमान गरेर, स्थानहद तोकेर, बहुदलीय व्यवस्थामा चुनाव हुन सक्दैन, भयपूर्ण वातावरणमा मतदाताले मत खसाल्न सक्दैनन्, यो सरकारले चुनाव गराउँछ भन्ने कुरामा हामी आश्वस्त छैनौँ’, उहाँले भन्नुभयो ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...




