राजनीति
१८ मंसिर २०८२ ८:०५
खबर सेवा · More from author
हाम्रा पर्वले उत्तरदायी संसद्कै माध्यमबाट मात्रै लक्ष्यलाई वास्तविकतामा बदल्ने प्रेरणा दिउन्ः उपाध्यक्ष
खबर सेवा
काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले हाम्रा पर्वले विधायन, निगरानी र प्रतिपक्षी भूमिकाको सम्मानसहित चल्ने सक्रिय र उत्तरदायी संसद्कै माध्यमबाट मात्र समृद्ध राष्ट्र निर्मितको लक्ष्यलाई वास्तविकतामा बदल्न सकिने विश्वास व्यक्त गरेका छन्।
किराँत समुदायको महान् पर्व उधौलीका अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको शुभकामना व्यक्त गर्दै यस्तो बताएका छन्।
शुभकामना सन्देशमा भनिएको छ, ‘संविधानले परिकल्पना गरेको दुई सदनको व्यवस्थाअनुसार प्रतिनिधिसभा नरहेको वर्तमान अवस्थामा राष्ट्रियसभाको भूमिकालाई अझ मजबुत, सक्रिय र परिणाममुखी बनाउने अवस्था रहेको छ । राष्ट्रियसभालाई नीतिगत छलफल, कानुनी संरचनाको सूक्ष्म परीक्षण, दीर्घकालीन रणनीति निर्माण तथा सुशासनको प्रत्याभूतिको संस्थागत थलोका रूपमा सुदृढ गर्दै संसद्को सर्वोच्चता कायम राख्नु अहिलेको अत्यावश्यक राष्ट्रिय आवश्यकता बनेको छ । यो पर्वले त्यसमा पनि प्रेरणा दिने विश्वास छ।’
राई, लिम्बू, सुनुवार र याख्खा समुदायको मूल सांस्कृतिक पहिचान बोकेको उधौली पर्व मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरूसहित मनाइने गर्दछ। उपाध्यक्ष घिमिरेले भन्नुभएको छ, “प्राकृतिक चक्रसँग आत्मसात् भई मनाइने यस उधौली पर्वले हामी सबैमा उत्पादकता, दिगोपन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढ्ने प्रेरणा जगाओस् भन्ने हार्दिक कामना गर्दछु ।”
–––
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मध्यरातबाट सुरुभयो मौनअवधि
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...
१९ फागुन २०८२ ७:३३
निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा
काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...
१८ फागुन २०८२ २०:१२
निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई
काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...
१८ फागुन २०८२ १६:३०
ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर
काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...
१८ फागुन २०८२ १३:१७




