भारतबाट फेरि ८ रुपैयाँले बढेर आयो इन्धनको मूल्य
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको दुई दिन नबित्दै भारतीय आयल निगम (आईओसी) ले मूल्य बढाएर पडाएको छ । भारतीय आयल निगम आज ८ रुपैयाँ बढाएर पेट्रोलको नयाँ मूल्यसूची पठाएको हो ।
आइओसीले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा अन्तर्राष्ट्रिय बजारमा भएको घटबढअनुसारको नयाँ मूल्य सूची पठाउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकाले नेपालले खरिद गर्ने प्रशोधित तेलको मूल्यसमेत बढेको निगमले जनाएको छ। आईओसीले आज पठाएको मूल्यअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र हवाई इन्धनमा ७ रुपैयाँ बढेर नयाँ मूल्यसूची आएको छ ।
नेपाल आयल निगमले वैशाख ३१ गते मात्रै पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर १० रुपैयाँको दरले मूल्य वृद्धि गरेर पेट्रोल १७०, डिजेल र मट्टितेलको मूल्य १५३ रुपैयाँ पुर्याएको थियो। अझै पनि निगमलाई १५ दिनमा झन्डै सवा ४ अर्ब रुपैयाँ घाटा रहेको निगमले जनाएको छ ।
अहिलेको नयाँ मूल्यमा बेच्नमा पनि पेट्रोलमा १४ रुपैयाँ, डिजेलमा ३१ रुपैयाँ, मट्टितेलमा १२, हवाई इन्धनमा १२ रुपैयाँ र एलपीजी ग्याँसमा प्रति सिलिन्डर १ हजार ५० रुपैयाँ घाटा रहेको बताउँदै आएको छ । नयाँ मूल्य सूची अनुसार निगमको घाटा पुनः बढ्ने देखिएको छ ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
जेनजी आन्दोलनमा सुन्धाराबाट भागेका कैदी ठमेलबाट पक्राउ
काठमाडौँ। जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका कैदी ६ महिनापछि ठमेलबाट पक्राउ परेका छन्। लागूऔषध मुद्दामा कैद...
मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम
म्याग्दी। सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बाजुरा। स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीय ४५ वर्षीय धनबहादुर...




