समाचार

निर्वाचन अपडेट : १३० पालिकाको मतपरिणाम सार्वजनिक

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म १३० वटा पालिकाको सम्पूर्ण परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते विभिन्न कारणले निर्वाचन अवरुद्ध भएका २९ र उम्मेदवारको मृत्यु भएका कारणले जेठ ३ गते निर्वाचन हुने दुई स्थानीय तह र गोरखाको चुम्नुब्री गाउँपालिकाबाहेक अन्य सबै पालिकामा मतगणना कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

आज दिउँसो ३ः३० बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार प्रमुख १३, अध्यक्ष ११७, उपप्रमुख १३, उपाध्यक्ष ११७, वडाध्यक्ष दुई हजार ६७९, वडा सदस्य पाँच हजार ३१८, महिला वडा सदस्य दुई हजार ६७८, दलित महिला सदस्य दुई हजार ६४७ गरी कूल १३ हजार ५८२ जना उम्मेदवार (निर्विरोध समेत) निर्वाचित भएका छन् ।

कूल ७५३ पालिकामा गरी ३५ हजार २२१ पदका रहेका छन् । गणना कार्यमा ढिलाइ भएको सम्बन्धमा पत्रकारहरूले सोधेको प्रश्नमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ६४ लहरसम्मको ठूलो मतपत्र हुनु, महानगरलगायत धेरै मतदाता रहेका स्थानमा जनशक्ति, सीसी क्यामरालगायतको व्यवस्थापनका कारणले ढिलाइ भएको र यसबारे आयोगले थप निर्णय गरी गणना छिटो सक्न आग्रह गरेको बताए ।

विभिन्न कारणले मतदान अवरुद्ध भएका मतदान केन्द्रमध्ये आज धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका वडा नम्बर ६ को ठाकुरदेवी मावि, सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ५ को गाविस भवन, रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय भवन, सुर्खेतको सिम्ता गाउँपालिका वडा नम्बर ३ को भगवती मावि, बझाङको केदारस्यूँ गाउँपालिका वडा नम्बर ४ को जगन्नाथ उच्च मावि, बझाङको सुर्मा गाउँपालिका वडा नम्बर २ को आदारबगर मावि र बझाङकै सुर्मा गाउँपालिका वडा नम्बर ३ कृष्ण प्रावि मतदान केन्द्रमा शान्तिपूर्ण ढङ्गले मतदान भएको छ ।

स्थगन भएकामध्ये जेठ ३ गते काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिकाको वडा नं १० को विजय मावि मतदान केन्द्र, बाजुराको बूढीनन्दा नगरपालिकाको वडा नं ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिकाको वडा नं ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान हुने तय भएको छ ।

यसैगरी जेठ ४ गते तनहुँको व्यास नगरपालिकाको वडा नं. ८ को गाविस भवन फेदी मतदान केन्द्रमा पुनः मतदान हुँदैछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिनभित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

जापानबाट फर्किएका युवकबाट गौरादहका मेयर सुवेदी घरमै कुटिए

झापा। झापा क्षेत्र नम्बर ५ स्थित गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीलाई उनकै घरमा कुटपिट गरिएको छ । सार्वजनिक भएको...

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौं उपत्यकामा वायु प्रदुषण बढ्यो

काठमाडौँ। पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ । प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो छ भने...

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

पर्सा। १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका १५ भेडियाही बस्ने ५० वर्षीय भुटन साह भन्ने रामजनम...

बूढानीलकण्ठमा एक जना मृतावस्थामा भेटिए

बूढानीलकण्ठमा एक जना मृतावस्थामा भेटिए

काठमाडौं। काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० कपन बालुवाखानी नगर अस्पताल नजिक झ्याङमा एक जना पुरुष मृतावस्थामा फेला परेका छन् । हाल...