म सभापतिमा उम्मेदवारी दिन्छु : गगन थापा
सर्लाही । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन सर्लाहीले शनिबार बिहान सदरमुकाम मलङ्गवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा थापाले आफू सभापतिको उम्मेदवार हुने घोषणा गर्नुभएको हो । “यो पटक पार्टीका साथीले नयाँ नीति, नयाँ सन्देशसँगै नयाँ नेतृत्व छान्नुहुन्छ भन्नेमा म विश्वस्त छु,” थापाले भन्नुभयो, “१५ औँ महाधिवेशनमा म सभापतिको प्रत्यासी हो ।”
कांग्रेस महामन्त्री थापाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने स्थिति बनेको बताउनुभयो । बिचको केही समय छलफल र बहसमा खेर फाले पनि अब छोटो समयमा पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा सरिक हुने निर्णय गरिएको कांग्रेस महामन्त्री थापाको भनाइ छ ।
पार्टीको महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अघि बढाइएको थापाले बताउनुभयो । कांग्रेस महामन्त्री थापाले वर्तमान सरकारले फागुन २१ मा चुनाव गराउने विश्वास व्यक्त गर्नुभयो ।
चुनावले संविधानमाथिको क्षति थप बढ्न नदिने उहाँको भनाइ छ । “नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिबद्ध छौँ,” महामन्त्री थापाले भन्नुभयो, “दलहरू तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संसय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।”
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
ओली-लेखक पक्राउमा विद्या भण्डारीको पनि आपत्ति
काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारले कार्यभार सम्हाले लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई...
ओली-लेखक पक्राउ परेमा जेनजी मुभमेन्ट नेपालको स्वागत
काठमाडौं। जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही...
ओली-लेखक पक्राउ : कांग्रेस मौन, एमाले सडकमा
काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलन दमन गरेको आरोपमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री...
माइतीघरमा एमाले-प्रहरी प्रदर्शन नियन्त्रणबाहिर
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टी कार्यकर्ता माइतीघर–नयाँ बानेश्वरमा प्रदर्शन गरिरहेका छन् । प्रहरीले ओलीलाई...




