खेलकुद

दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखला भारतलाई

काठमाडौँ। भारतका तीन ब्याटरले दक्षिण अफ्रिका विरूद्धको सिरिज जिताएका छन्। गएराति भएको सिरिजको अन्तिम खेलमा तीन ब्याटरहरू यशश्वी जैसवाल, रोहित शर्मा र विराट कोहली चम्किँदा भारतले दक्षिण अफ्रिकाविरूद्धको सिरिज २-१ ले जितेको हो।

विशाखापटनममा भएको खेलमा भारतले २७१ रनको लक्ष्य एक विकेट मात्रै गुमाएर ६१ बल बाँकी छँदै जितेको थियो। त्यस क्रममा शकत प्रहार गर्दै ओपनर यशश्वी जैसवाल र ६५ रन बनाएर विराट कोहली नट आउट रहे। जैसवालले १२१ बल खेलेर १२ चौका र २ छक्का हाने। कोहलीले ४५ बलमा ६ चौका र ३ छक्का हाने

अर्का ओपनर रोहित शर्मा ७५ रन बनाएर आउट भएका थिए। उनले ७३ बल खेलेर ७ चौका र ३ छक्का हाने। शर्मा केशव महाराजको बलिङमा म्याथ्यु ब्रित्ज्केबाट क्याच आउट भएका थिए। यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४७.५ ओभरमा अल आउट हुँदै २७० रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि ओपनर क्वीनटन डिककले शतक प्रहार गरे।

उनले ८९ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै १०६ रन बनाएका थिए। कप्तान टेम्बा बउमाले ६७ बलमा ५ चौका प्रहार गर्दै ४८ रन बनाएका थिए। डेवल्ड ब्रेविसले २९, म्याथ्यु ब्रित्ज्केले २४ र मार्को जनसेनले १७ जोड्द केशव महाराज २० रन बनाउँदै नट आउट रहे।

बलिङतर्फ भारतका प्रसिध कृष्ण र कुलदीप यादवले ४र४ तथा अर्शदीप सिंह र रविन्द्र जडेजाले १-१ विकेट लिए। सिरिजको पहिलो खेल भारत र दोस्रो खेल दक्षिण अफ्रिकाले जितेको थियो।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...