समाचार

म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दी। म्याग्दीमा ट्याक्सी दुर्घटना हुँदा चालकको ज्यान गएको छ। जिल्लाको बेनी–दरबाङ सडकअन्तर्गत मङ्गला गाउँपालिका –२, रणबाङस्थित खहरेखोला नजिकै म्याग्दी नदी किनारमा ध १ ज ९९० नम्बरको ट्याक्सी दुर्घटना हुँदा सोही वडाका चालक ३७ वर्षिय सुजन पुनको घटनास्थलमै मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुवेदीका अनुसार गएराति करिब साढे १ बजेको समयमा सोही वडाको डौँडेखोला भन्ने ठाउँमा एकजना यात्रुलाई छोडेर फर्किने क्रममा दुर्घटना भएको हुन सक्ने बताउनुभयो।

सडकदेखि करिब साढे एकसय मिटर तल नदी किनारमा शवसँगै ट्याक्सीको नम्बर प्लेट लगायत विभिन्न पार्टपुर्जाहरु भेटिएका छन्। घटनास्थलमा खटिनुभएका प्रहरी निरीक्षक सुवेदीले भन्नुभयो, ‘‘म्याग्दी नदी किनारमा चालकको शवसँगै ट्याक्सीको विभिन्न पार्टपुर्जाहरु फेला परेको छ।”

सम्बन्धित समाचार

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

तराईमा आज मनाइँदैछ होली

तराईमा आज मनाइँदैछ होली

नवलपरासी। रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका...

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

रामेछाप दुर्घटनाका सात जना घाइतेलाई सेनाको हेलिकप्टरबाट ल्याइयो काठमाडौं

काठमाडौं। रामेछाप नगरपालिका-२ स्थित सिरूबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा हुँदा गम्भीर घाइते भएका ७ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार...

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बागलुङ । मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु भएको छ । थासाङ गाउँपालिका–२ खन्तीमा ग ७ प...