कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै अदालतमा रिट
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट पेस गरेको छ।
प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै आज सर्वोच्चमा रिट पेस गरेका हुन्। यो रिट दर्ता भइसकेको छैन।
‘हामीले प्रतिनिधि सभा पुनर्स्थापनालगायत माग गरेर आज रिट दिएका हौं,’ घिमिरेले भन्नुभयो, ‘निवर्तमान प्रतिनिधि सभा सांसदहरूको हस्ताक्षर वारेसमार्फत् पठाएर पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले रिट दिनुभएको हो।’
कांग्रेसका प्रमुख सचेतक घिमिरेसहित विघटित प्रतिनिधि सभाका ८ जना सांसदले सर्वोच्च अदालतमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट पेस गरेका हुन्।
सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले विघटनविरूद्ध कांग्रेसका सचेतकसहितले रिट पेस भएको बताउनुभयो। ‘रिट आज पेस भएको छ। अध्ययनको क्रममै छ। दर्ता भइसकेको छैन,’ उहाँले भन्नुभयो।
यसअघि गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच महाराजगञ्जमा भेटवार्ता भएको थियो।
ताजा अपडेट
-
१.
भारतमा हवाई टिकट काटेको ४८ घण्टाभित्र रद्द गर्दा शुल्क नलाग्ने, यस्ता छन् नयाँ नियम
-
२.
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
६ महिनामा सात प्रतिशतले बढ्यो वायुसेवा निगमको आम्दानी
-
५.
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्वोच्चको आदेशसँगै फर्कियो राजकुमार शर्माको सांसद पद
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पक्षमा आदेश दिएको छ। तत्कालीन नेकपा माओवादीले प्रगतिशील लोकतान्त्रिक...
कांग्रेसको काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक
काठमाडौं। काठमाडौँ उपत्यकामा प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूका तर्फबाट नेपाली कांग्रेस काठमाडौँ उपत्यका विकास प्रतिबद्धतापत्र ‘भिजन-१०’ सार्वजनिक गरिएको छ। बिहीबार...
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले निर्वाचन संविधानलाई सही मार्गमा राख्नका लागि अनिवार्य शर्त भएको बताउनुभएको छ। बिहीवार सुर्खेतमा...
प्रतिनिधिसभा निर्वाचनमा २ लाख १५ हजार कर्मचारी परिचालन हुने
काठमाडौँ। निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गर्न आयोग पूर्ण रूपमा तयार...




