राजनीति

मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध : गृहमन्त्री

पाटन । गृहमन्त्री ओमप्रकाश अर्यालले मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ।

मानवअधिकारका लागि महिला, एकल महिला समूहको संयोजकत्व एवम् एजिङ नेपाल र युनिफिकेसन नेपालको सहसंयोजकत्वका साथै मानवअधिकार तथा सामाजिक न्यायका क्षेत्रमा सक्रिय १२५ संस्थाको सहकार्यमा आजदेखि ललितपुरको जावलाखेलमा सुरु भएको १७औँ राष्ट्रिय मानवअधिकार महाभेलालाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले वर्तमान सरकार मानवअधिकारको अभिभावक सरकार भएको र हिंसालाई कहिल्यै स्वीकार नगर्ने बताउनुभयो ।

“मानवअधिकार लोकतान्त्रिक समाजको मेरुदण्ड हो, देशमा सुशासन कायम गरी भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नु, नीतिगत सुधार गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गर्नु वर्तमान सरकारको दायित्व हो, जेनजेड आन्दोलनको अपेक्षा सुशासन र भ्रष्टाचारमुक्त खुला समाज हो, आन्दोलनको म्यान्डेट सुशासन हो, जेनजेड आन्दोलनले जवाफदेहिता खोजिरहेको छ, हामी हिंसालाई निरुत्साहित गर्छौं, प्राकृतिक विपद्बाट हुने घटना रोक्न प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

सम्बन्धित समाचार

मध्यरातबाट सुरुभयो मौनअवधि

मध्यरातबाट सुरुभयो मौनअवधि

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...

निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा

निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो दल हुन्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न निर्वाचनबाट आफ्नो पार्टी सबैभन्दा ठूलो दलको रुपमा उदय हुने बताउनुभएको छ। सोमवार...

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

निकोलस भुसालको समर्थन रास्वपा उम्मेदवारलाई

काठमाडौं। रुपन्देही–२ बाट स्वतन्त्र उम्मेदवारी दिएका डा. निकोलस भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई समर्थन गर्ने हुनुभएको छ। भुसालले सोमबार...

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

ज्येष्ठ नागरिक र अपाङ्गता भएकाले मतदान गर्न लाइन बस्नुपर्दैनः आयुक्त तुलाधर

काठमाडौँ। निर्वाचन आयोगले मतदान केन्द्रलाई महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता मैत्री बनाउने गरी आवश्यक प्रबन्ध मिलाएको बताएको छ। आयोगले...