महाधिवेशनमा २ हजार ६ सय १३ प्रतिनिधि सहभागी हुँदै
काठमाडौं। नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको सूची अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । पार्टी केन्द्रीय कार्यालयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको समूह प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने काममा जुट्नुभएको छ ।
विभागका प्रमुख अधिकारीले महाधिवेशनमा आउनेमध्ये २ हजार १ सय ५४ जना निर्वाचित भएर आउने बताउनुभयो । १ सय ८ जना केडन्द्रबाट प्रतिनिधि मनोनित हुनेछन् । मनोनितसहित प्रतिनिधिको संख्या २ हजार २ सय ६२ जना हुने अधिकारीले जानकारी दिनुभयो ।
तात्कालीन नेकपा एसको ‘घरफर्क अभियान’ बाट आउनेमध्येबाट समेत तीन जनाले प्रतिनिधि हुन पाउँ भनी निवेदन दिएको उहाँको भनाइ छ । उहाँहरुको विषयमा पार्टी सचिवालयले निर्णय गर्ने अधिकारीले बताउनुभयो।
अधिकारीका अनुसार प्रतिनिधि छनौटमा धनकुटा र ओखलढुंगा जिल्लामा देखिएको समस्या समाधान भएको छ । ती जिल्लाहरुमा प्रतिनिधि छनौट प्रक्रिया पार्टी केन्द्रले जारी गरेको अन्तरपार्टी निर्देशन १३ अनुसार नभएकाले केन्द्रले त्यसलाई रद्द गरी पुनः मापदण्ड बनाएर प्रतिनिधि छनौट गर्न निर्देशन जारी गरेको थियो । जसअनुसार दुवै जिल्लाबाट सर्वसहमत रुपमा प्रतिनिधि छनौट भएर आएका छन् । त्यसबाहेक तीनवटा जिल्लामा प्रतिनिधि छनौट विषयमा उजुरी परेकाले निराकरण गर्ने काम भइरहेको अधिकारीले बताउनुभयो।
प्रतिनिधि हुन नसकेकाहरुलाई महाधिवेशनमा सहभागीका रुपमा प्रवेश गर्ने व्यवस्था मिलाइएको छ । प्रतिनिधि र सहभागी गरी महाधिवेशनमा २ हजार ६ सय १३ जना सहभागी हुनेछन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...




