अर्थ

दूध किसानले पाए चार अर्ब भुक्तानी

काठमाडौँ। लामो समयदेखि रोकिएको किसानको दुधको रकम भुक्तानी भएको छ । दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरी उद्योगले दुध खरिद गरेको बाँकी रहेको करिब चार अर्ब पियाँ भुक्तानी गरेका हुन् ।

डेढ अर्ब भुक्तानी गर्न बाँकी रहेको डिडिसीले एक अर्ब रुपियाँ भुक्तानी गरिसकेको जनाएको छ । त्यस्तै निजी डेरीले करिब तीन अर्ब भुक्तानी गरेका छन् ।

दुध बेचेको रकम लामो समयसम्म नपाउँदा किसान मारमा परेका थिए । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले साउनसम्मको रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो ।

तीन महिनाको ४५ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो । मौज्दातमा रहेको पाउडर (धुलो दूध) र बटर बेचेर किसानको बाँकी रकम भुक्तानी गरिएको उहाँले जानकारी दिनुभयो । डिडिसीसँग अझै तीन लाख केजी बटर र चार लाख केजी पाउडर मौज्दात छ । मौज्दातमा रहेको पाउडर र बटर बिक्री गरेर बाँकी रहेको किसानको रकम भुक्तानी गर्दै जाने डिडिसीले जनाएको छ । हाल बजारमा प्रतिकेजी बटर आठ सय रुपियाँ र पाउडर प्रतिकेजी सात सय रुपियाँ रहेको छ ।

हाल दैनिक एक लाख लिटर दुध सङ्कलन गरिरहेको डिडिसीले जनाएको छ । हाल दैनिक बजारमा ८० हजार लिटर दुध बिक्री हुने र बाँकी रहेको २० हजार लिटर दुधको पाउडर बनाएर राख्ने गरेको डिडिसीले जनाएको छ । पाउडर बनाएको दुध अफ सिजनका बेला बिक्री हुने गरेको छ ।

यस्तै निजी डेरी उद्योगले पनि करिब तीन अर्ब रुपियाँ दुधको भुक्तानी गरिसकेको जनाएका छन् । डेरी उद्योग सङ्घका अध्यक्ष राजकुमार दाहालले किसानको दुधको रकम भुक्तानी गरिसकेको जानकारी दिनुभयो । पछिल्लो एक महिनाको रकम बाँकी रहे पनि अरू सबै भुक्तानी गरिसकेको उहाँले जानकारी दिनुभयो ।

मौज्दातमा रहेको बटर र पाउडर बिक्री गरेर किसानको अधिकांश रकम भुक्तानी गरिसकेको उहाँले जानकारी दिनुभयो । अन्य समयको तुलनामा चाडपर्वका बेला दुधको खपत बढी हुने गर्छ ।

 

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...