सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको चुनौती
काठमाडौ। नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किङ्सलाई १५६ रनको चुनौती दिएको छ । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतकको योगदान दिनुभयो । उहाँले ५२ बलको सामना गर्दा तीन चौका र दुई छक्काको मद्दतमा सर्वाधिक ६३ रन बनाउनुभयो।
पूरै २० ओभर खेल्दा सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको हो । उसका लागि भण्डारीको अर्धशतकसँगै शेल्डन ज्याक्सन, आशिफ शेखले समान २०/२० रन जोड्दा हरमित सिंहले १४ रन थप्नुभयो । डा. इशान पाण्डेले १३ रन बनाउँदा मुख्तार अहमदले १० रन जोड्नुभयो ।
विराटनगरका लागि प्रतिश जिसी र मर्चेन्ट डि लेङ्गाले दुईदुई विकेट लिँदा सूर्य तामाङ र साम हिजलेटले एकएक विकेट हात पार्नुभयो । सुदूरपश्चिमविरुद्ध सन्दीप लामिछाने भने विकेट बिहीन बन्नुभयो ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिनुभएको थियो ।
आजको खेल जित्ने टोली प्रतियोगिताको फाइनलमा पुग्ने छ । प्रतियोगिताको फाइनल यही मङ्सिर २७ गते हुने छ । साथै आज पराजित हुने टोलीले भने एलिमिनेटरको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने छ । अहिले एलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच भिड्ने छन् ।
पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम अङ्क तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन् ।
लिग चरणको खेलमा सुदूरपश्चिमले खेलेको सातमध्ये ६ खेलमा जित तथा एक खेलमा पराजय भोगेको थियो । त्यस्तै समान सात खेल नै खेलेको विराटनगरले पाँच खेल जित हासिल गरेको थियो ।
ताजा अपडेट
-
१.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
२.
निर्वाचन प्रहरी
-
३.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
४.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
५.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




