राजनीति

सरकारलाई ज्ञानेन्द्र शाहीको आग्रह- प्रदेश खारेज गर्नुस्

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रदेश खारेज गर्न सरकारसमक्ष अपिल गर्नुभएको छ।

राप्रपाको काठमाडौंकेन्द्रित प्रदर्शनसभालाई मंगलबार सम्बोधन गर्दै उनले प्रदेश खारेज गर्न माग गर्नुभएको हो।

‘आज १८ खर्बभन्दा बढी रकम प्रदेशका नाममा खर्च भएको छ, त्यसकारण अहिलेको सरकारलाई हामी के भन्छौं भने, प्रदेश खारेज गर्नुस्, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी ल्याउनुस्’, शाहीले भन्नुुभयो।

१ अर्बको मात्र एउटा अस्पताल बनाएको भए १८ सय अस्पताल बन्ने पनि उहाँको भनाइ छ । ‘संविधान संशोधन गर्नुस्, आज अख्तियारलगायतका ठाउँमा राजनीतिक दलहरूलाई नियुक्ति गर्न बन्द गर्नुस्, अनि चुनावमा जाऔं । नयाँ जनादेशका साथ आऔं’, उहाँले भन्नुभयो।

उहाँले विघटित प्रतिनिधिसभाका सभामुख तत्कालीन प्रधानमन्त्रीको ‘गोटी’ बनेको आरोप समेत लगाउनुभयो।

सम्बन्धित समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...