विशेष अदालतले क्यानका निलम्वित महानिर्देशक अधिकारीसँग ५ लाख धरौटी माग
काठमाडौं। विशेष अदालतले नागरिक उड्यन प्राधिकरण (क्यान) का निलम्वित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख धरौटी मागेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भएको भनी अख्यिार दुरुपयोग अनुसन्धान आयोगले क्यानका निलम्ति महानिर्देशकसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा आज (मंगलबार) थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्ली रत्न श्रेष्ठको इजलासले क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
अख्यितारले सो मुद्दामा ५ जना तत्कालीन मन्त्रिहरुलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । सो मुद्दामा निर्माण सम्झौता गर्ने चिनियाँ कम्पनी चाइना सिएएमसी पनि प्रतिवादी रहेको छ । त्यस्तै, अर्का प्रतिवादी मुरारी भण्डारीलाई १ लाख धरौटीमा रिहा गर्ने आदेशसमेत भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




