कति छ तरकारीको मूल्य?
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९बुधबार० का लागि कृषिउपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज रातो आलुको मूल्य थप घटेर किलोको ३७ रुपैयाँमा झरेको छ। त्यसैगरि काउली, भन्टा, बोडी, फर्सी, करेला, ब्रोकाउलीसहितका तरकारीको मूल्य पनि घटेको छ। तर, लौकासहितका कतिपय तरकारी भने महँगिएका छन्।
केही तरकारी भने हिजोअस्तीकै मूल्यमा पनि किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, ठूलो नेपाली गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ४२, टनेलको सानो गोलभेँडा ८४, रातो आलु ३७, सुकेको भारतीय प्याज ३४, लोकल गाँजर १०७, लोकल बन्दा ५०, स्थानीय काउली ४३, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५, मकै बोडी ७० रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि करेला १२७, लौका ८३, लोकल परबल ९५, डल्ले फर्सी ४७, पाकेको फर्सी ३५, कन्य च्याउ १६५, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली १०२ रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ५०, टनेलको सानो गोलभेँडा ८७, रातो आलु ४०, सुकेको भारतीय प्याज ३३, लोकल गाँजर ११७, लोकल बन्दा ५२, स्थानीय काउली ४५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ९५, तने बोडी १६५ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि करेला १३०, लौका ७८, लोकल परबल ९५, डल्ले फर्सी ५५, पाकेको फर्सी ३५, कन्य च्याउ १६५, डल्ले च्याउ ३२५, कुरिलो ११०० र ब्रोकाउली १३६ रुपैयाँ प्रतिकिलो थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




