एलिमिनेटरको खेलमा काठमाडौंले लुम्बिनीलाई दियो प्रतियोगिताकै सानो लक्ष्य
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार जारी एलिमिनेटर खेलमा काठमाण्डू गोर्खाजले लुम्बिनी लायन्सलाई जितका लागि एक सय १२ रनको सामान्य लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको काठमाण्डूले १९.१ ओभरमा अलआउट हुनुअघि एक सय ११ रन बनाएको हो ।
एनपीएलको दोस्रो संस्करणमा कुनै पनि टोलीले पहिले ब्याटिङ गर्दै बनाएको यो नै सबैभन्दा सानो स्कोर हो । लिग चरणमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले एक सय २० रन बनाएको थियो ।
खेलको प्रारम्भदेखि नै काठमाण्डूका ब्याट्सम्यानहरू लुम्बिनीका बलरसामू निरीह बनेका थिए । काठमाण्डूका ब्याट्सम्यानहरू एकपछि अर्को गर्दै मैदान प्रवेश गर्ने र पेभेलियन फर्किने क्रम जारी रह्यो ।
काठमाण्डूका अधिकांश ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । टोलीको कुल स्कोर १४ रन पुग्नुअघि नै काठमाण्डूले चार विकेट गुमाइसकेको थियो ।
काठमाण्डूका लागि आठौं नम्बरका ब्याट्सम्यान सन्तोष यादवले सर्वाधिक २३ रनको योगदान गरे । टोली अप्ठ्यारो स्थितिमा रहँदा उनले केवल १७ बलमा एक छक्का पनि हिर्काए ।
नवौँ नम्बरका ब्याट्सम्यान मोहम्मद आदिल आलमले १८ रन बनाए । आदिल आलमले केवल ११ बलमा दुई छक्का र एक चौका हिर्काए । ।
छैटौं नम्बरका ब्याट्सम्यान जोन सिम्पसनले पनि १८ रन नै बनाए । विकेटकिपर ब्याट्सम्यान सिम्पसनले १७ बलमा एक छक्का र एक चौका प्रहार गरे ।
पाँचौं नम्बरमा क्रिज समाल्न आएका अनुभवी खेलाडी भीम सार्कीले १६ बलमा एक छक्काको मद्दतले १४ रन बटुले । ओपनर आकाश त्रिपाठी एक र बेन चार्ल्सवर्थ चार रनमै पेभेलियन फर्किए ।
तेस्रो नम्बरका ब्याट्सम्यान सनी पटेल सात र चौथो नम्बरमा ब्याट्सम्यान मिलिन्द कुमार दुई रनमै आउट भए । रसिद खान पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।
ताजा अपडेट
-
१.
इनिशा विक हत्यामा न्याय माग्दै माइतीघरमा प्रदर्शन
-
२.
निर्वाचन प्रहरी
-
३.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
४.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
५.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




