बाँझो जग्गाबाट १५ लाखको किवी उत्पादन
गुल्मी। गुल्मीको कालीगण्डकी १ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको बाँझो जग्गामा अहिले किवीले हराभरा बनेको छ ।
जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ सिरकोटमा वर्षौदेखि बाँझीएको जग्गालाई सदुपयोग गर्दै २३ जना युवा मिलेर छ सय रोपनी क्षेत्रफलमा व्यवसायीक रुपमा किवी खेती गरेका हुन् । अहिले करिव चार सय बिरुवाले उत्पादन दिएकाले ६० क्विन्टल किवी बिक्री गरेको युवा व्यवसायी लक्ष्मीपति न्यौपानेले जानकारी दिनुभयो ।
औषतमा प्रति किलो दुई सय पचास रुपियाँका दरले किवी बिक्री गरेको उहाँको भनाइ छ । किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको किवी बुटवलमा लगेर बिक्री गरेको उहाँले बताउनुभयो । यस वर्ष किवी बिक्रीबाट १५ लाख आम्दानी गरेको न्यौपानेले बताउनुभयो ।
वर्षौदेखि बाँझीएर खेर गइरहेको सिरकोट, तोलादी, देउराली र अर्वेनी कोटकोजग्गालाई सदुपयोग गरिएको र गाउँलाई नै किवीमय बनाउने योजना रहेको अर्का कृषक गगन तरामुले बताउनुभयो । उन्नतिशिल कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले छ सय रोपनी क्षेत्रफलमा करिव आठ हजार बिरुवा रोपण गरी व्यवसायीक रुपमा किवी खेती गरिएको बताउनुभयो ।
पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भए पनि पछि यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरुले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको उहाँको भनाइ छ ।
आफूहरुले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि संभावना देखेर किवी खेती गर्ने आँट लिएको न्यौपानेको भनाइ छ । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरुबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदान प्रदान गर्दै आएको न्यौपानेले बताउनुभयो ।
ताजा अपडेट
-
१.
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
-
२.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
३.
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
-
४.
अब संसदीय दलको नेता बने बालेन, भोलि प्रधानमन्त्री
-
५.
कार्की आयोग प्रतिवेदन- ६३ जनाको शव मध्ये ४८ जनाको गोली लागि मृत्यु पुष्टि
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




