अर्थ

कञ्चनपुरको मोहना नदी–दैजी सडक निर्माणको ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी–डोकेबजार–बेलौरी–बेलडाँगी–दैजी सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार ९मंसिर २५० बाबा हन्स–सिद्धीसाई संयुक्त उपक्रम ९जेभी० काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका निम्ति आर्थिक वर्ष २०७३र७४मा ठेक्का सम्झौता गरिएको थियो ।

यो सडक करिब २० किलोमिटर लामो हो । त्यसमध्ये पाँच किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ । सडकको निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको जनाइएको छ ।

प्रतिबद्धताबमोजिम र पटक–पटक ताकेता गर्दा काम नगरेको तथा साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल धनगढीले जनाएको छ ।

ठेक्का सम्झौता रद्द गरिएको निर्माण व्यवसायीको कार्यसम्पादन जमानत जफत गरिनेछ ।

सम्बन्धित समाचार

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...

अमेरिकी डलरको भाउ बढ्यो

अमेरिकी डलरको भाउ बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...

अब बिउको पनि ‘अडिट’

अब बिउको पनि ‘अडिट’

काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्‍याउने र बिउ उत्पादकलाई जिम्मेवार...