राजनीति

एमालेको ११ औं महाधिवेशनमा विदेशी पाहुना नबोलाइने, नेपालका १६ दललाई निम्तो

काठमाडौँ। नेकपा एमालेले ११ औं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई नबोलाउने भएको छ। बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको महाधिवेशन मूल व्यवस्थापन सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले नेता महेश बर्तौलाले यसबारे जानकारी गराउनुभएको हो। उहाँकाअनुसार एमालेले भौतिक उपस्थिति हुनका लागि विदेशी राजनीतिक दलहरुलाई आमन्त्रण नगरिएको बरु विभिन्न देशका २६ वटा राजनीतिक दलहरुलाई शुभकामना पत्र पठाउन भनिएको छ।

एमालेको ११ औं महाधिवेशन मंसिरको २७ गतेबाट २९ सम्म काठमाडौंमा सुरु हुँदैछ। जसमा नेपालमा रहेका विभिन्न १६ राजनीतिक दलहरुलाई आमन्त्रण गरिएको छ। महाधिवेशनमा एमालेले जनपरिचालनलाई विशेष प्राथमिकता दिएको पनि नेता बर्तौलाले बताउनुभयो। लाखौँको संख्यामा नेता, कार्यकर्ताहरु महाधिवेशनका लागि काठमाडौं आउने क्रम जारी रहेको बताउनुभयो।

असंवैधानिक क्रियाकलप गर्ने, अलोकतान्त्रिक ढंगबाट मुलुक लैजान खोज्ने तत्वहरुलाई खबरदारी गर्ने सन्देश संप्रेषण गर्ने ध्येयका साथ जनपरिचालनमा ध्यान दिइएको नेता बर्तौलाले बताउनुभयो। महाधिवेशनमा १ सय ८ जना मनोनितसहित २ हजार २ सय ६८ कुल प्रतिनिधि रहने बताउनुभयो।

बिहीवार बसेको बैठकले बाँकी रहेका कामहरु तत्काल सम्पनन गर्ने र महाधिवेशन व्यवस्थित गर्नेमा जोड दिइएको बताउनु भयो ।

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

रास्वपाको सचिवालय बैठक बस्दै

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...