विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, उपाधिका लागि सुदूरपश्चिमसँग भिड्ने
काठमाडौँ। लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनीले पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
उपाधिका लागि लुम्बिनीले शनिबार सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक उपविजेता सुदूरपश्चिमले यसअघि पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर फाइनलमा स्थान बनाएको थियो ।
जितका लागि एक सय ३५ रनको समान्य लक्ष्य पछ्याएको विराटनगर १७ ओभर पाँच बलमा सबै विकेट गुमाएर ९४ रनमा समेटिएको हो । पावर प्लेमा तीन विकेट गुमाएको विराटनगरका लागि साम ह्याजलेटले ३४ रन बनाउनुभयो । नरेन भट्टले २१, मर्सेन्ट डी लन्जले १७ रन जोड्नुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
विराटनगरलाई निरास बनाउन बलिङमा लुम्बिनीका तिलक भण्डारीले तीन विकेट लिनुभयो । यस्तै रुवेन टम्पलम्यान र अविशेष गौतमले दुई दुई विकेट लिनुभयो । शेर मल्लले एक विकेट झार्नुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो । लुम्बिनीका लागि डी आर्की सटले ४५ रन बनाउनुभयो । उहाँले ४१ बलमा तीन चौका र एक छक्का हान्नुभयो । यस्तै कप्तान रोहित पौडेलले ३४, निरोशन डिकवेलाले २९, रुवेन ट्रुम्पलम्यानले ११ र शेर मल्लले सात रन बनाउनुभयो ।
ओपनर दिनेश अधिकारी र दिलिप नाथ एक एक रनमा आउट हुनुभयो । सन्दीप जोरा र जेजे स्मिथ शुन्य रनमा पेभेलियन फर्किनुभयो ।
बलिङमा विराटनगरका सुवास भण्डारी प्रतिश जिसीले तीन तीन विकेट लिनुभयो । उहाँले चार ओभर पूरा बलिङ गर्दै १४ रन खर्चिनुभयो । यस्तै प्रतिश जिसी पनि पूरा चार ओभर बलिङ गर्दै २७ रन खर्चिनुभयो । सन्दीप लामिछानेले दुई विकेट लिनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




