‘अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’
काठमाडौँ। काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र लगानीमा सञ्चालन हुने आयोजनाहरूमा स्थानीय सरकार र सहरहरूलाई साक्षी प्रतिनिधिका रूपमा नभई निर्णायक भूमिकामा सार्थक प्रतिनिधित्व गराउनुपर्ने बताउनुभएको छ ।
यही मङ्सिर २२ गतेदेखि २४ गते (डिसेम्बर ८–१०)सम्म बेल्जियमको ब्रसेल्सस्थित युरोपियन सङ्घको मुख्यालयमा आयोजित अन्तरराष्ट्रिय साझेदारीका लागि सहर र क्षेत्र २०२५ मञ्च (सिटीज एण्ड रिजन्स फर इन्टरनेशनल पार्टनरसिप्स २०२५ फोरम) मा प्रस्तुतिकरण दिँदै उपप्रमुख डङ्गोलले यस्ता कार्यक्रममा स्थानीय सरकारहरूलाई शक्ति, स्वामित्व र निर्णायक भूमिकासहितको सहभागिता गराउनुपर्ने धारणा राख्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
“भौतिक पूर्वाधार विकासलाई संरचना बनाउने कामका रूपमा मात्र हेर्नु हुँदैन । यी संरचनालाई स्थानीय सामाजिक तथा सांस्कृतिक मूल्य मान्यतासँग जोड्नुपर्छ । अनि मात्र स्थानीयले स्वामित्व ग्रहण गरेको दिगो विकास हुन्छ । यसका लागि ‘प्रोजेक्ट डिजाइनिङ’ चरणदेखि नै स्थानीयको सार्थक सहभागिता चाहिने हो ।” उहाँले भन्नुभयो, “यसअघि अन्तरराष्ट्रिय साझेदारी र लगानीका अधिकांश योजना कार्यान्वयनको चरण अगाडि स्थानीय सहभागिता देखिँदैन ।”
युरोपेली सङ्घका देश, साझेदार देशका स्थानीय तह र साझेदार क्षेत्रका अधिकारी सहभागी भएको कार्यक्रम ग्लोबल ‘गेटवे’ लगानी रणनीतिको स्थानीयकरण विषयमा केन्द्रित थियो । त्यस अवसरमा नेपालबाट उपप्रमुख डङ्गोल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल (भण्डारी)सहभागी हुनुहुन्थ्यो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
काठमाडौँ। मध्यपूर्वमा जारी तनावका कारण अन्तरराष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ। मध्यपूर्वमा...
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
काठमाडौँ। अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु गरिएको छ । सडक विभागले वर्षातले क्षतिग्रस्त यो राजमार्ग स्तरोन्नति गर्न...
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
काठमाडौँ। नेपालको तयारी पोशाक क्षेत्रलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र उच्च मूल्यका वस्तु निर्यात बढाउन तयारी पोशाक उद्योग संघ...




