एमालेमा विधान संशोधन : वरिष्ठ उपाध्यक्ष हटाइयो, उपमहासचिव/सचिव बढाइयो
काठमाडौँ । नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाएको छ । ११औँ महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको हो ।
एक नेताका अनुसार वरिष्ठ उपाध्यक्षबाहेक नै एमालेले पदाधिकारी सङ्ख्या बढाएर १९ सदस्यीय बनाएको छ । गत भदौमा भएको विधान महाधिवेशनले पदाधिकारी सङ्ख्या घटाएर १५ मा झारेको थियो। तर, अहिले पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि अध्यक्ष ओलीले पदाधिकारी सङ्ख्या बढाएर पुनः १९ पुर्याएको हो ।
नयाँ विधानमा अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन, सचिव सात गरी २ सय ५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन सदस्य रहने व्यवस्था छ।
अब भने विधान संशोधनपछि अध्यक्ष एक, उपाध्यक्ष ५, सचिव ९, महासचिव १, उपमहासचिव ३ हुनेछ ।
ताजा अपडेट
-
१.
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
-
२.
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
-
३.
बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
-
४.
गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव
-
५.
रास्वपाको सचिवालय बैठक बस्दै
ट्रेन्डिङ
सम्बन्धित समाचार
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक आज बस्ने भएपनि समय र स्थानको टुङ्गो लागिसकेको...
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...




