सन्दीप लामिछानेले बंगलादेशको लिग खेल्ने
काठमाडौँ। नेपालका लेग स्पिनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बिपीएल) खेल्नुहुने भएको छ ।
सन्दीपलाई बिपीएलमा राजशाही वारियर्स टोलीले आइतबार अनुबन्ध गरेको जनाएको छ । सन्दीपले यसअघि पनि सन् २०१८/१९ को सिजन सिलेट सिक्सर्सबाट बिपीएलमा खेल्नुभएको थियो । उहाँले त्यतिबेला ६ खेल खेल्दै चार विकेट लिनुभएको थियो ।
नेपाली राष्ट्रिय टोलीका प्रभावशाली खेलाडी सन्दीपले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै एक सय २९ विकेट लिनुभएको छ । उहाँले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा विराटनगर किङ्सबाट प्रतिस्पर्धा गर्नुभएको थियो ।
विराटनगरका कप्तान समेत रहनुभएका सन्दीप एनपिएलमा १७ विकेट लिँदै सर्वाधिक विकेट कर्ताको पुरस्कार पाउनुभयो । विराटनगर दोस्रो क्वालिफायरसम्म पुगेको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...
भारत तेस्रो पटक टी २० विश्वकप च्याम्पियन
काठमाडौं। न्युजिल्याण्डलाई हराउँदै भारत कीर्तिमानी तेस्रो पटक ट्वान्टी २० विश्वकपको च्याम्पियन भएको छ। आइतबार अहमदाबादमा सम्पन्न फाइनलमा साबिक विजेता...




