बुधबार, माघ २३, २०८१
English
Follow us:

अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु, २ घाइते

अफगानिस्तानको उत्तरी क्षेत्रमा पहिरोमा परी ४ जनाको मृत्यु, २ घाइते

  • खबर सेवा

  • मङ्लबार, जेष्ठ ३, २०७९

  • 12
    SHARES

काठमाडौं । अफगानिस्तानको उत्तरी बदख्सान प्रान्तको एउटा गाउँमा सोमबार पहिरो जाँदा चार जनाको ज्यान गएको छ ।

उक्त घटनामा अन्य दुई जना घाइते भएको प्रान्तीय प्रशासनका अधिकारी मौलावी मोहम्मद अक्रम अकबरीले मङ्गलबार जानकारी दिएका छन् ।

सोमबार साँझ यवन जिल्लाको शोलार(ए(पायन गाउँमा भएको प्राकृतिक प्रकोपमा चार जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको अधिकारीले बताए ।

स्थानीय अधिकारीहरूले पीडित परिवारलाई मानवीय सहायता पठाउने प्रयास गरिरहेको अकबरीले बताएका छन् ।यसैबीच स्थानीयवासीले घटनाबाट तीन परिवार प्रभावित भएको र मृतकको संख्या रिपोर्ट गरिएभन्दा बढी हुन सक्ने बताएका छन् ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Khabar Sewa. Developed By Bitcraft Technology